आरएन पटेल । रौतहट । माघ १३ गते
रौतहटको परोहा नगरपालिकाको वडा अध्यक्ष खेदु मुखियाले झरिमाई नरसिंह युवा क्लब लाई सहयोग गरेका छन् ।
नपाका वडा नम्बर ८ मोतीपुर नरकटियाका वडा अध्यक्ष मुखियाले सोहि वडाको नरकटियामा अवस्थित झरिमाई नरसिंह युवा क्लबलाई १४ थान कुर्सि सहयोग गरेका छन् ।
सोमबार एक कार्यक्रमका बीच उनले क्लबका अध्यक्ष आर्य शशिकला राउतलाई कुर्सी हस्तान्तरण गरेका हुन् । वडा अध्यक्ष मुखियाले कार्यक्रममा बोल्दै सहयोग सानो होस् या ठुलो आफु जत्ति सकिन्छ त्यति गर्नु नै मानवको कर्म रहेको तर्क व्यक्त गरेका थिए ।
साथै उनले क्लबको हरेक आर्थिक , सामाजिक तथा अन्य सम्पुर्ण कार्यमा आफु र सम्पुर्ण वडा कार्यालय नै सहयोग गर्ने प्रतिबध्ता जाहेर गरेका छन् ।सो कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष राउतले आफुहरुले परोहा नगरपालिकामा मात्र नभई जिल्लाको बिभिन्न ठाऊमा हरेक सामाजिक , आर्थिक , शैक्षिक लगायत समाज सेवाको कार्यमा लागि परेको बताउनु भयो ।
समाजमा रहेका गरिब पिडीतको लागि क्लबले बिशेश प्राथमिकतामा रखिएको र साथै विभिन्न सहयोग समेत गरिएको बताउनु भयो । साथै राउतले यो समाजको लागि क्लब भएकोले बिभिन्न ठाउबाट आएका समान जस्तै कुर्सि टेबल गरिबका लागि कपडाहरु हामी समाजकै लागि सहयोग गर्ने गरेको बताउनु भयो ।
कार्यक्रममा स्थानीय भद्रभलादमी , नागरिक समाज तथा ट्राफिक प्रहरीका साहयक निरिक्षक आर्य राउत लगायत सर्व साधारणको उपस्थिति रहेको थियो ।
Sthaniya News
