आरएन पटेल । राैतहट । माघ १४ गते
जिल्लाको देवाही गोनाही नगरपालिकामा कक्षा ९ र १० का विद्यार्थीहरुको फाराम र आवेदन शुल्क नगरपालिकाले भुक्तानी गरिदिने भएको छ । देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेलले नगरपालिका क्षेत्रमा रहेको माध्यामिक बिधालयहरूमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरुलाई लाग्ने रजिष्ट्रेशन फारम वापतको शुल्क र कक्षा १० का विद्यार्थीहरुलाई लाग्ने एसइइ परीक्षा आवेदन फारम वापतको शुल्क नगरपालिकाबाट नै परिक्षा नियन्त्रण कार्यालयलाई तिरिदिने व्यवस्था गरि दिनु हुने भएको छ । सो नगरपालिकाका विद्यालयहरुले विद्यार्थीसँग राजस्व वापतको शुल्क लिने विद्यार्थीहरुबाट आफुले थाहा पाएपछि सो शुल्क नगर प्रमुख पटेलले नगरपालिकाले सम्पुर्ण विद्यार्थीहरुको सो वापतको शुल्क भुक्तानी गर्ने बताउनु भयो । नगर प्रमुख पटेलले देवाही गोनाही नगरपालिकामा रहेका माध्यामिक तहमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीहरुलाई मोबाइल नं. ९८५५०४२०१४ मा सम्पर्क गरि जानकारी गराउनको अनुरोध समेत गर्नु भएको छ । नगर प्रमुखले गरेको यो घोषणाले गरिबीको रेखामुनि रहेका विद्यार्थीहरु, न्यून आय श्रोत भएका विद्यार्थी, दलित विद्यार्थी एवं अन्य सम्पूर्ण विद्यार्थीहरूको पिडा,कष्ट कम हुने सराहनीय कार्य गर्नु भएको स्थानियले प्रतिक्रिया दिएका छन ।
Sthaniya News
