Breaking News
फतुवाविजयपुर नपा ६ मा पर्ने श्री अन्नपूर्णा प्रा वि रामदासीको अवस्था दैनीय

फतुवाविजयपुर नपा ६ मा पर्ने श्री अन्नपूर्णा प्रा वि रामदासीको अवस्था दैनीय

आरएन पटेल । रौतहट । माघ १४ गते
रौतहटको फतुवा विजयपुर नगरपालिकाको विद्यालयहरुमा अनुगमन कार्य सुरु भएको छ।

नगर प्रमुख गोपाल राय यादवको संयुक्त उपस्थितिमा शिक्षा संयोजक हरेन्द्र राय यादव र शिक्षा प्रेमी बिध्यानन्द यादव सहित संचारकर्मीहरुको टोली द्वारा विद्यालयहरुमा अनुगमन कार्य तीब्र बनाइएको छ।

अनुगमनको क्रममा फतुवा विजयपुर नगरपालिकाको वड़ा नं.६ मा पर्ने श्री अन्नपूर्णा प्राथमिक विद्यालय रामदासीको अवस्था दैनीय रहेको देखिएको छ। कक्षा ५ सम्म संचालनमा रहेको यस विद्यालयमा विद्यार्थी संख्या न्यून रहेको देखिएको छ ।

नगरपालिकाले उपलब्ध गराएको दिवाखाजा नपाको तालिका अनुसार बिद्यालयले विद्यार्थीहरुलाई नखुवाएको विद्यार्थीहरुले गुनासो गरेका छन । अनुगमनको क्रममा हेर्दा बिधालयमा खानेपानी र शौचालय पूर्ण रुपमा जीर्ण अवस्था रहेको देखिएको छ ।
बिधालयमा बिद्यार्थी संख्या घटनु , आफ्नो गाउँको बालबालिकाहरु अन्तै बाराको मुसहरवा प्रा बी मा पढन जानू ,खानेपानी, शौचालय र समग्र बिद्यालयको अवस्था बिग्रनुमा प्रधानाध्यापक नागेन्द्र यादवको कमी कमजोरीको करण भएको स्थानीय अभिभावकहरुले आरोप लगाएका छन।

यसको बारेमा प्र अ नागेन्द्र यादवसंग सोध्दा केहि दिन भित्रैमा बिद्यालयको अवस्थामा सुधार हुने बताउनु भयो । प्रधानाध्यापक यादवलाई खाजा लगायत खानेपानी र शौचालयको मरम्मत सम्भार गरी बिद्यालयलाई व्यवस्थित बनाउन शिक्षा संयोजक हरेन्द्र राय यादवले भन्नुभयो ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*