Breaking News
बौद्धिमाईको सबै सामुदायिक बिधालयमा आज साेमबार शाेक प्रकट गरी बिदा दिने निर्देशन

बौद्धिमाईको सबै सामुदायिक बिधालयमा आज साेमबार शाेक प्रकट गरी बिदा दिने निर्देशन

आरएन पटेल । राैतहट । माघ १९ गते
बौद्धिमाई नगरपालिका अन्तर्गतकाे एक सामुदायिक बिधालयमा अध्यनरत एक बिधार्थीकाे दुःखद निधनका कारण एक दिने सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । साे नगरपालिकाले हिजाे एक सूचना जारी गरि शोक प्रकट गर्न जनाएको हाे ।

नगरपालिका अन्तर्गतको वडा २ स्थित रहेकाे श्री आधारभूत विधालय ईनरवा ‘क ‘ को कक्षा १ मा अध्यनरत छात्र अनाेज पटेल घरकाे छतबाट लडि घाइते भइ उपचारको क्रममा हिजाे आइतबार मृत्यु भएपछि मृतक प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आज साेमबार एक दिन नगर भरिका बिधालयहरूमा शाेक प्रकट गर्न बिदा दिइएको निम्ति प्रमुख प्रशासकीय अधिकृत रामेश्वर राय यादव द्वारा हस्ताक्षरित सुचनामा उल्लेख रहेको छ । नगरभरि रहेका सामुदायिक बिधालयहरूकाे नाममा एक पत्र लेखि २०७७ माघ १९ गते साेमबार शाेक बिदा दिन भनिएको हाे ।


श्री आधारभूत बिद्यालय इनर्वाको कक्षा १ मा अध्यनरत छात्र पटेलको असामायिक मृत्यु प्रति श्रद्धाञ्जलि अर्पण गर्न तथा शोक मनाउन प्रधानाध्यापक मनोज कुमार पटेलले पत्र सहित नगरपालिकाको कार्यालयलाई जानकारी गराएका थिए । साथै बिधालयहरूमा चलिरहेको दाेस्राे त्रैमासिक परिक्षाकाे आज पर्न गएको विषयकाे परिक्षा आगामी माघ २५ गते आईतवारका दिन संचालन गर्ने सम्बन्धित सबैमा जानकारी गराइएको छ ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*