Breaking News
रौतहटको माधवनारायण नपा ७ लौकाहामा भएको अमृता हत्या काण्डको प्रतिवादीहरु कारागार चलान

रौतहटको माधवनारायण नपा ७ लौकाहामा भएको अमृता हत्या काण्डको प्रतिवादीहरु कारागार चलान

आरएन पटेल । रौतहट । माघ १८ गते
रौतहटको माधवनारायण नगरपालिका वडा नं. ७ लौकाहामा भएको अमृता हत्या काण्डको प्रतिवादीहरु कारागार चलान भएका छन । राम अयोध्या साह तेलीको अन्दाजी १७ वर्षीय छोरी अमृता कुमारी साह बितेको कार्तिक २६ गते करिब साढ़े ११ बजेको समयमा आफ्नै माईतिघरमा आमासंग सुतिरहेको अवस्थामा आमा ट्वाईलेट गएको बेलामा अज्ञात व्यक्तिहरु घरमा पसि अमृता कुमारी साहलाई दाहिने पट्टिको कन्चटमा गोली हानेर फरार भएका थिए । घट्नाका प्रतिवादीहरु रौतहटको देवाही गोनाही नगरपालिका २ लक्ष्मिनीया करुनिया वस्ने अन्दाजी ६० वर्षीय शेख अलियास, त्यही ठाउँ बस्ने अन्दाजी ३५/४० वर्षको बहुदल भन्ने ईस्लाम अंसारी, त्यही ठाउँ बस्ने आन्दाजी ३६ वर्षको शेख ईम्ताज, त्यही ठाउँ बस्ने कैमुल देवान र जिल्लाको माधवनारायण न.पा.७ लौकाहा वस्ने मृतक अमृता कुमारी साहको बुबा अन्दाजी ५५ वर्षको रामअयोध्या साह, मृतकको आमा सिता देवी साह र जिल्लाको परोहा नगरपालिका ४ बस्ने अन्दाजी ४५ वर्षको छोटेलाल साह बितेको मंसिर १४ गते सरकारी वकिल कार्यालय मार्फत सम्मानित रौतहट जिल्ला अदालतमा पेश गरिएको थियो । उनिहरुलाई आज माघ १८ गते आइतबार सम्मानित रौतहट जिल्ला अदालतको आदेशबाट मुद्दा पुर्पक्षको लागि कारागार कार्यालय रौतहटमा पठाईएको र तीनिहरु मध्ये मृतकको आमा सिता देवी रु.१,००,०००।- (एक लाख रूपैया)धरौटी तिरेर छुटेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*