Breaking News
रौतहट प्रहरीद्वारा भन्सार छलीका विभिन्न सामग्रीहरु भन्सार कार्यालय बुझाईयो

रौतहट प्रहरीद्वारा भन्सार छलीका विभिन्न सामग्रीहरु भन्सार कार्यालय बुझाईयो

आरएन पटेल । रौतहट । माघ १९ गते
रौतहट प्रहरीद्वारा भन्सार छलीका विभिन्न सर-सामानहरु भन्सार कार्यालय बुझाईएको छ ।
जिल्लाको विभिन्न सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत बितेको दुई दिन १७ र १८ गतेका दिन उक्त सर समानहरु फेला परेका हुन । जिल्ला प्रहरी कार्यालय र त्यसको मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले विभिन्न स्थानहरुबाट भारत तर्फ बाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी झोला बोराहरुमा नेपाल तर्फ भित्र्याई ल्याउदै गरेको अवस्थामा प्रहरी गस्ती टोलीलाई देखी झोला बोराहरु छाडी भागी फरार भएका थिए । प्रहरी टोलीले उक्त झोला बोराहरु खोली हेर्दा अन्दाजी मुल्य रु.१,७३,५९०।- (एक लाख तिहत्तर हजार पाँच सय नब्बे) बराबरको चप्पल, चिनी, खैनी, स्टेसनरीको सर-सामानहरु, कष्टमेटिक सर-सामानहरु, घडी सर्फ, सुर्ती-९ किलो, धुलो खुर्सानी, धुलो धनीया, पानीपुरी, ट्राउजर, साईकल र बी.आर.३० एफ-६८८७ नम्बरको मोटरसाईकल लगायतका मालबस्तुहरु वेवारिसे अवस्थामा फेला पारी रित पूर्वक बरामद गरेका छन । पक्राउ परेका सर समानहरुलाई आवश्यक कारवाहीको लागि आज सोमबार गौर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*