Breaking News
रौतहट प्रहरीद्वारा लागु औषध सहित एक जना पक्राउ

रौतहट प्रहरीद्वारा लागु औषध सहित एक जना पक्राउ

आरएन पटेल । रौतहट । माघ १९ गते
जिल्ला प्रहरी कार्यालय रौतहटले लागु औषध सहित एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौडा उप–महानगरपलिका वडा नं. ७ बस्ने रामचन्द्र थापा मगरको २२ वर्षयी छोरा कृष्ण थापा मगर हुन् ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी हवल्दार शैलेश त्रिपाठीको कमाण्डमा खटिएका पिकेट टोलीले रौतहटको सदरमुकाम गौर नगरपालिका वडा नं. ३ विपि चौकमा प्र २०००१ ह.२९७ नं.को टेम्पु शंका लाग्दा रोकी चेकजाँच गर्ने क्रममा कृष्ण् थापा मगरले लगाएको ज्याकेट भित्र लुकाई छिपाई राखेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पक्राउ पर्ने कृष्ण थापा मगरको साथबाट लागु औषध नाइट्रोभेट १०-१० लागु औषध १२ पता प्रति पता ३० वटाको दरले ३६० पिस फेला परेको प्रहरीले जनाएको छ ।
नीजलाई नियन्त्रणमा लिई आज सोमबार सम्मानित रौतहट जिल्ला अदालतबाट म्याद थप गरी न्यायीक हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*