Breaking News
चन्द्रनिगाहपुरको जनज्योती बहुमुखी क्याम्पसको आठौ क्याम्पस सभा सम्पन्न

चन्द्रनिगाहपुरको जनज्योती बहुमुखी क्याम्पसको आठौ क्याम्पस सभा सम्पन्न

आरएन पटेल । रौतहट । माघ २४ गते
जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरको आज आठौ क्याम्पस सभा सम्पन्न भएको छ । क्याम्पसको कक्षा कोठामा आयोजना गरिएको सभाको चन्द्रपुर नगरपालिकाको प्रमुख रामचन्द्र चौधरीले उदघाटन गर्नु भएको हो । सो सभा लाई सम्बोधन गर्नु हुदै उहाले शिक्षण संस्थाको भौतिक पुर्बाधार निर्माण र शैक्षिक गुणस्तरमा जोड दिए मात्र कलेजको प्रगती हुने बताउनु भयो । सो सभामा बिशिष्ट अतिथी रामरती चौधरीले सम्बृद्ध समाज निर्माणको लागि शैक्षिक गुणस्तरमा जोड दिनु पर्ने बताउनु भयो । सो सभामा अध्यक्ष एकराज थापाले बार्षिक प्रगती प्रतिबेदन पेश गर्नु हुदै क्याम्पसको शैक्षिक अबस्था, भौतिक अबस्था, आर्थीक अबस्था, संस्थागत बिकास तथा ब्यबस्थापकिय अबस्थाको बारेमा जानकारी गराउनु भएको थियो । यस्तै निमित क्याम्पस प्रमुख राजन श्रेष्ठको बार्षिक प्रतिबेदनमा क्याम्पसको बर्तमान आर्थीक अबस्था, क्याम्पसको भौतिक अबस्थाको बिबरण, भौतिक निर्माण गर्नु पर्ने भाबी योजना, क्याम्पसमा संचालित तह र बिषयहरु, ०७५÷७६को बार्षिक परिक्षाको नतिजाको बिबरण पेश गर्नु भएको थियो । सभामा शिक्षक मधुकर खडका लाई सम्मान तथा पुरस्कार बितरण गरिएको थियो ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*