आरएन पटेल । रौतहट । माघ २५ गते
मेची महाकाली बुहारी संयुक्त आवाजको प्रादेशिक कार्यालय चन्द्रनिगाहपुरमा खुलेको छ । चन्द्रपुर–४ मा मुख्य कार्यालय रहेको मेची महाकाली बुहारी संयुक्त आवाजको प्रादेशिक कार्यालयको उदघाटन चन्द्रपुर नगरपालिकाका उपप्रमुख रामरती चौधरीले गर्नु भयो । कार्यालय उदघाटन गर्दै उहाले समाजमा भएका बेथीति र बिकृतीको बिरुद्ध बुलन्द रुपमा अघि बढन उहाले आग्रह गर्नु भयो । उदघाटन कार्यक्रममा देबकी नेपाल, अजय साह, नीलहरी कोईराला, संजय कार्की, सागर हुमागाई लगायतको उपश्थिती रहेको थियो । मेची महाकाली बुहारी संयुक्त आवाज प्रदेश नम्बर २ का संयोजक पुजा तिमल्सिनाको सभापतित्वमा भएको कार्यक्रमको संचालन राजकुमार ठोकरले गर्नु भएको थियो । रत्ना चौधरीले स्वागत मन्तब्य राख्नु भएको थियो ।
Sthaniya News
