Breaking News
ईप्रका गरुडाद्वारा मोटरसाईकलसहित मानिस आवश्यक कार्यवाहीको लागि भन्सार कार्यालय पठाईयो

ईप्रका गरुडाद्वारा मोटरसाईकलसहित मानिस आवश्यक कार्यवाहीको लागि भन्सार कार्यालय पठाईयो

आरएन पटेल । रौतहट । माघ २५ गते
ईलाका प्रहरी कार्यालय गरुडाद्वारा मोटरसाईकल र मानिलाई आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालय पठाईएको छ ।
यही माघ २४ गते शानिबारको दिन करिब साढ़े ४ बजेको समयमा ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै चेकजाचको क्रममा मोटरसाइकल र चालक पक्राउ परेको छ । गरुडा नगरपालिकाको वडा नं.१ जयनगर स्थित बाटोमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेका भारतिय नम्बर प्लेट भएको र नम्बर कोरिएको अवस्थामा रहेको,उक्त मोटरसाईकल रोकी सोको चालकको नामथर, बतन सोधपु्छ गर्दा पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा बारा जिल्ला सिम्रौनगढ नगरपालिका वडा नं.२ बेलदारी बस्ने फरमान अन्सारीको २५ वर्षीय छोरा फुल महम्मद रहेका छन । निजसंग मोटरसाईकलको सम्बन्धमा सोधपुछ गर्दा उक्त कालो र सुन्तला रंगको चेसिस नं.MBLJA06ACD9J06Z30 र ईन्जिन नं.JA06EJD9J06831 तथा नम्बर कोरिएको हिरो कम्पनीको ग्यालम्बर मोटरसाईलको आवश्यक कागजातहरु माग गर्दा साथमा छैन भनी जवाफ दिएको हुँदा शंका लागि पक्राउ गरिएको हो । उक्त मोटरसाईकल बरामद गरी निज फुल महमदलाई जरुरी पक्राउ पुर्जी जारी गरेर पक्राउ गरी मोटरसाईकल र मानिसलाई आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालय रौतहटमा पठाईएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*