आरएन पटेल। रौतहट । माघ २७ गते
रौतहटको राजदेवी नगरपालिकामा युवा समाजसेवी नवीन कुमार सिंहको अथक प्रयास बाट १ दिने निःशुल्क आँखा सम्पन्न भएको छ । श्री माध्यमिक विद्यालय राजदेवी नगरपालिका ९ ब्रहमपुरीमा एक औपचारिक कार्यक्रम गरि शिविरको उद्घाटन गरिएको थियो ।
शिविरमा महिला १५४ र पुरुष १६४ गरि जम्मा ३१८ जनाको आँखाको परिक्षण गरियो, जसमध्ये १७० जनामा मोतियाबिन्दु भएको विरामी भेटियो । शिविरमा परिक्षण पश्चात शल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई नगरपालिकाद्वारा १७० औं जनाको लेन्स सहितको निःशुल्क शल्यक्रिया भोलिबाट गौर पुरेनवा आँखा अस्पतालमा गरिनेछ । शिविरमा जिल्लाका राजदेवी, गौर, गढीमाई, गरुडा, परोहा नगरपालिका, दुर्गाभगवती गाउँपालिका, यमुनामाई गाउँपालिका र छिमेकी जिल्ला सर्लाहीको बलरा नगरपालिकाबाट आँखा विरामीहरु आएका थिए ।
Sthaniya News
