Breaking News
शहिदहरुको सम्मानमा गौर बीपी चौकमा स्मृति टावरको शिलान्यास

शहिदहरुको सम्मानमा गौर बीपी चौकमा स्मृति टावरको शिलान्यास

आरएन पटेल। रौतहट । माघ २७ गते
रौतहट सदरमुकाम गौरमा स्मृति टावरको शिलान्यास गरिएको छ । गौर नगरपालिकाको सहयोगमा बी।पी। चौक स्थित सो टावर निमार्ण हुन लागेको हो ।

आज एक कार्यक्रमका बिच गौर नगरपालिकाका नगरप्रमुख अजय कुमार गुप्ताले टावर निमार्णको लागि शिलान्यास गरेका थिए । स्मृति टावर निमार्ण गर्ने उपभोक्ता समिति गौरमा आयोजनामा सो कार्यक्रम आयोजना गरिएको थियो । शहिदहरुको सम्मानमा रौतहटमा स्मृति टावर निर्माण हुन लागेको हो । जिल्लाको ऐतिहासिक एवम् सबभन्दा पुरानो स्थानीय तहको रूपमा रहेको गौर नगरपालिकाले नगरबाट नै १ करोडको लागत लगाएर सो स्मृति टावरको निर्माण गर्न लागेको बताइएको छ ।


विभिन्न कालखण्डमा देशमा परिवर्तन ल्याउनका निम्ति आफ्नो अमुल्य ज्यान गवाएका वीर शहिदहरूको सम्झानाका लागि सो स्मृति टावर निर्माण गर्नलागेको र वडा नम्वर ३ स्थित मधेश आन्दोलनको केन्द्र बिन्दुको रूपमा रहेको बिपी चौक अर्थात मधेशी क्रान्ति चौकमा नगर स्तरीय योजनाबाट दुई बर्ष भित्रमा सो ऐतिहासिक कार्यलाई सम्पन्न गर्ने आंट राखी सोमवार हिन्दु धर्म शास्त्रका अनुसार पुजा अर्चना गरि सो शिलान्यास गरेको नगर प्रमुख अजय गुप्ताले बताए ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*