आरएन पटेल। रौतहट । माघ २६ गते
रौतहट जिल्ला प्रहरी कार्यालयले श्रोत नखुलेको अबैध रुपैयाँ सहित एक जना मानिसलाई नियन्त्रणमा लिइएको छ ।
माघ २६ गते सोमबारका दिन दिउसो करिब २ बजेको समयमा जिल्लाको गौर नगरपालिका वडा न। ४ वसपार्क नजिक वाटोमा चेकजाच गर्ने क्रममा उक्त अबैध रूपैया सहित एक जना मानिसलाई नियन्त्रणमा लिएको बताइएको छ ।

गौर स्थित बसपार्क बाटोमा चेकजाचको क्रममा नम्बर नभएको रातो रंगको स्कुटरमा सवार व्यक्ति नगद सहित पक्राउ परेका हुन । पक्राउ पर्नेमा रौतहटको परोहा नगरपालिका वडा नं। १ जिंगडवा बेलबिछवा बस्ने शेख सुखाडीको २७ वर्षीय छोरा मोहम्मद दिलसाद आलम रहेका छन । निजसंग श्रोत नखुलेको नेपाली रु।२१,९०,०००।(९एक्काईस लाख नब्बे हजार० रुपैया साथमा लिई गईरहेको सुचनाको आधारमा प्रहरी टोलीले रोकी खानतलासी गर्दा पक्राउ परेका हुन । निजको साथबाट वरामद भएको २१ लाख ९० हजार नगद सहित मोहमद दिलसाद आलमको नामको ३१,१६,०००र(९एकतिस लाख सोह्र हजार० को चेक ५ वटा, ध्जबतक ब्उउ मा विभिन्न कारोवारको विवरण खुलाएको ९८५५०४०५२८ नम्बर रहेको Redmi Company को मोबाइल एउटा रहेको छ ।

उक्त श्रोत नखुलेको नगद रकमको कारवाहीको लागि निज मो। दिलसाद आलमलाई सम्पत्ति सुद्धिकरण विभागमा आवश्यक कारवाहीको लागि पठाईएको साथै नम्बर नखुलेको स्कुटरको कारवाहीको लागि भंसार कार्यालय गौरमा पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
Sthaniya News
