Breaking News
जिल्ला निर्वाचन कार्यालय रौतहटद्धारा आफनो निर्वाचन गतिविधिलाई तीव्रता

जिल्ला निर्वाचन कार्यालय रौतहटद्धारा आफनो निर्वाचन गतिविधिलाई तीव्रता

आरएन पटेल । रौतहट । माघ २७ गते
जिल्ला निर्वाचन कार्यालय रौतहटले आफनो निर्वाचन गतिविधिलाई तीव्र पारेको छ ।
सरकारले आगामी बैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेसँगै निर्वाचनको लागि तिव्रता दिइएको हो । निर्वाचनको तयारीका लागि रौतहटको १८ वटा स्थानीय तहको १५७ वडा कार्यालयमा अध्यावधिको कागज पठाइसकेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जानकारी गराएको छ ।
वडाबाट मृत्यु भएका तथा मतदाताबाट नाम हटाउनुपर्ने उजुरीअनुसार अध्यावधिको भइरहेको निर्वाचन अधिकारीहरुले बताएका छन् । निर्वाचन आयोगले पछिल्लो पटक पठाएको मतदाताको तथ्यांकअनुसार आगामी निर्वाचनमा रौतहटमा करिब ३० वटा मतदान केन्द्र थपिने समेत जानकारी गराइएको हो । स्रोतको अनुसार २०७४ सालको निर्वाचनमा ४४९ मतदान केन्द्र रहेको थियो । अब करिब ४८१ केन्द्र हुने भएको बताइएको छ ।
रौतहट जिल्लामा २०७४ सालको निर्वाचनमा ३ लाख २९ हजार ८६१ मतदाता रहेका थिए भने पछिल्लो मतदाता संख्या ३ लाख ६० हजार ६४० रहेको जानकारी गराइएको छ । मतदाताको अन्तिम परिणामको संख्या छिटै आउने समेत बताइएको छ ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*