Breaking News
लाईफ नेपालको सहयोगमा  बौधिमाई नपा २ ईनर्वामा पौष्टिक आहार वितरण कार्यक्रम सम्पन्न

लाईफ नेपालको सहयोगमा बौधिमाई नपा २ ईनर्वामा पौष्टिक आहार वितरण कार्यक्रम सम्पन्न

आरएन पटेल । रौतहट । माघ २८ गते
बौधिमाई नगरपालिकाको वडा नं. २ ईनर्वामा पौष्टिक आहार वितरण कार्यक्रम सम्पन्न भएको छ । लाईफ नेपालको सहयोगमा सुनौलो हजार दिन कार्यक्रमको लक्ष्य अनुसार सो सामग्री वितरण गरिएको छ ।


लाईफ नेपालको आपतकालीन पोषण कार्यक्रम अन्र्तगत मंगलबारका दिन बौधिमाइ नगरपालिकाको वडा नं.२ इनार्वामा वडा अध्यक्ष रामबाबु प्रसाद कुशवाहाको अध्यक्षतामा पौष्टिक आहार वितरण कार्यक्रम सम्पन भएको छ । कार्यक्रममा गर्भवति र प्रसुती महिला तथा ६ महिना देखि २३ महिना सम्मको बालबालिकाहरुलाई पौष्टिक आहार वितरण गरिएको थियोे । प्रायः जसो २ वर्ष मुनिका बालबालिकाहरु कुपोषणको शिकार हुने हुदाँ यस्ता समस्याबाट जोगिन चिकित्सकको सल्लाह बमोजिम सबै बालबालिकाहरुलाई पौष्टिक आहार खुवाउन वडा अध्यक्ष कुशवाहाले सम्पुर्ण अभिभावकहरुमा आग्रह समेत गरेका थिए ।
पौष्टिक आहार वितरण कार्यक्रममा वडा सदस्य अशोक प्रसाद पटेल,रामाशंकर प्र्रसाद गुप्ता,महिला सदस्य तथा कार्यपालिका सदस्य शबनम कुमारी जयसवाल,दलित महिला सदस्य रामपरी देवी दास, नगरपालिकाको स्वास्थ्य संयोजक राकेश्वर प्रसाद पटेल,सह संयोजक राकेश प्रसाद यादव, वडा नं.२ इनार्वाको स्वास्थ्य चौकी ईन्चार्ज मनोज कुमार ठाकुर,सहयोगी संस्था लाईफ नेपालका प्रतिनिधिहरु ल्गायत सर्व सधारण स्थानीय बासीहरुको उपस्थिति रहेको थियो ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*