Breaking News
रौतहटबाट सालको झ्याल ढोका बनाइ लैजाने क्रममा ३ जना पक्राउ

रौतहटबाट सालको झ्याल ढोका बनाइ लैजाने क्रममा ३ जना पक्राउ

आरएन पटेल । रौतहट। फाल्गुन ३ गते
रौतहटबाट काठमाण्डौ तर्फ साल जातको अवैध रुपमा झ्याल ढोका बनाइ लैजाने क्रममा बन गस्ती टोलिले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका वडा ९ बस्ने चन्द्र कुमार वैठा,जिल्ला सर्लाही हरिवन नगरपालिका बस्ने सन्जय कुमार वैठा र जिल्ला रौतहट चन्द्र्पुर नगरपालिका वडा २ बस्ने अमिस गिरि रहेको प्रहरीले बताएको छ।गएराती ना.८ ख ६२५५ नम्बरको ट्र्कमा साल जातको अवैध रुपमा झ्याल ढोका बनाइ जुडिबेला एरियाबाट काठमाण्डौ लैजाने क्रममा सब डिभिजन बन अधिकृत नवनित मिश्रको कमाण्डमा खटिगएको बन गस्ती टोलिले उनीहरुलाई पक्राउ गरेको सब डिभिजन बनका कुन्जा प्रकाश बन्ठाले बताउनुभयो।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*