आरएन पटेल । रौतहट । फाल्गुन ३ गते
रौतहटमा पशु सेबा केन्द्रको उद्घाटन गरिएको छ। चन्द्रपुर नगरपालिकाको पशु शाखा अन्तर्गतको सो सेबा केन्द्रको नगरप्रमुख रामचन्द्र चौधरीले आज उदघाटन गर्नु भएको हो । चन्द्रपुर नगरपालिकाको वडानम्बर १ का अध्यक्ष बिर बहादुर रखालको अध्यक्षतामा पशु सेबा केन्द्रको उदघाटन गरिएको बताइएको छ । चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ मङ्गलपुरमा बन्न लागेको उक्त सेबा केन्द्र बाट आउदो दिनमा कृषकहरु लाई ब्यबसायी पशुपालन तथा पशुपन्छि स्वास्थ्य रोग निदान सेबा, कृत्रिम गर्भधारण सेबा सहज र सहुलियत हुने भएको छ । सो उदघाटन कार्यक्रममा बोल्नु हुदै नगरप्रमुख रामचन्द्र चौधरीले नागरिकहरुको हरेक सेबा पहुचको लागि पायक पर्ने स्थानमा सेबासुबिधा बिस्तार गरिदै लगिने बताउनु भयो । सो उद्घाटन कार्यक्रममा पशु सेबा शाखाका प्रमुख खडक कुमार मैनाली र भेटनरी अधिकृत दुर्गा प्रसाद चिमोरिया ,बिभिन्न दलका प्रतिनिधिहरु ,बुद्धिजीवी ,भद्रभलाद्मी लगाएतको उपस्थिति रहेको थियो ।
Sthaniya News
