Breaking News
आसमान नेपाल र गरुडा नपाको सहयोगमा मावि गरुडामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

आसमान नेपाल र गरुडा नपाको सहयोगमा मावि गरुडामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

आरएन पटेल । रौतहट । फाल्गुन ०२ गते
रौतहटको गरुडा नगरपालिका वाड नम्बर ४ स्थित श्री माध्यमिक विद्यालय गरुडामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । “आसमान नेपाल र गरुडा नगरपालिका’’को सहयोगमा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ७, ८, ९ र १० का छात्र÷छात्राहरुको सहभागिता रहेको प्रतियोगितामा कक्षा ७ का अधिराज कुमार यादव प्रथम, कक्षा ९ का पृत्वी राज कुमार साह दोश्रो र कक्षा ९ कै ज्ञानेन्द्र कुमार ठाकुर तोश्रो भएको छ भने किरण कुमारी साहले सान्तवना पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा प्रथम दोश्रो तथा तेश्रो हुनेहरु तथा सहभागी हुनेहरुलाई समेत आसमान नेपालको सहयोगमा पुरस्कार वितरण गरिएको छ । कार्यक्रमको अध्यक्षता विद्यालयको प्रधानाध्यापक प्रभु राउत पटेलले गरेको थियो भने नगरपालिकाको शिक्षा शाखा संयोजक नागेन्द्र साह प्रमुख आतिथ्य ग्रहन गर्नु भएको थियो । प्रमुख अथिती साहले विद्यार्थीहरुले गरेको कार्य अतिनै सराहनीय भएको र भविष्यमा विद्यार्थीहरुले यस्ता कार्यक्रमको निरन्तरता पाए झन राम्रो गर्न सकने बताए । साथै नगरपालिकाबाट विभिन्न समयमा यस्ता कार्यक्रमहरु संचालन गर्ने प्रतिब्धता समेत गर्नु भयो । कार्यक्रममा नगरपालिकाको सह शिक्षा संयोजक मौजेलाल राय यादव, विद्यालय व्यवस्थापन समिति सदस्य मिश्रीलाल यादव, वडा सदस्य देवलाल चौधरी लगायत विद्यालयको शिक्षक, शिक्षिका, विद्यार्थीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन विद्यालयका शिक्षक शिवशंकर कुमार झाले गरेको थियो ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*