Breaking News
गरुडा नगरपालिकाले मावि नयाँ गम्हरीयामा जडान गरेको सि सि क्यामेराको उद्घाटन

गरुडा नगरपालिकाले मावि नयाँ गम्हरीयामा जडान गरेको सि सि क्यामेराको उद्घाटन

आरएन पटेल । रौतहट । फागुन ०५ गते
रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर ९ स्थित माध्यमिक विद्यालय श्रीपुरमा सि सि क्यामेरा जडान गरिएको छ।

गरुडा नगरपालिकाले विद्यालयमा जडान गरिएको सि सि क्यामेराको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ।सरस्वती पूजाको अबसर पारेर सो कार्यको नगर प्रमुख इन्नु राय यादबले उदघाटन गर्नुभएको हो। उद्घाटनपश्चात सो क्यामरा आजदेखि नै सन्चालनमा आएको छ।विद्यालयको शिक्षामा अझै थप गुणस्तरीयता होस् भन्ने उदेश्यले सो क्यामरा जडान गरिएको मेयर यादवले बताउनुभयो ।

विद्यार्थी र शिक्षक विद्यालयको परिसर भित्र समयमा आउँछन कि आउदैनन भन्ने सो क्यामराले बताउँने उँहाले बताउनुभयो। शिक्षकले पढाई रहेका छन कि रु ,गफ गर्नमा व्यस्त रहेको बताउने उदेश्यले क्यामरा जडान गरिएको मेयर ईन्नु राय यादवको स्वकीय सचिव गोपाल राय यादवले जानकारी दिनुभयो। उद्घाटन कार्यक्रममा गरुडा नगरपालिकाकि उपमेयर रङ्गिला देवी जयसवाल लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*