बारा । फाल्गुन १५ गते
बाराको देवताल गाउँपालिका पिप्राढी गोठमा शुक्रबार गाउँपालिका भवनको समुदघाट्न कार्यक्रम सम्पन्न भएको छ ।
समुदघाट्न कार्यक्रम देवताल गाउपालिकाको अध्यक्ष चन्दन कुमार सिंहले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपक नेपाल , प्रमुख प्रशास्कीय अधिकृत सिकेन्द्र साह साथै जसपाको युवा नेता आबास अन्सारी ,युवा नेता शिवदर्शन पंंडित ,श्री ने रा नि मा विधालय देवताल –४ का अध्यक्ष शिवनारायण साह ,वडा न ४ का वाडा अध्यक्ष मिश्रीलाल सहनी , देवताल गाउँ पालिकाको उपाध्यक्ष रामपति देबि ,लगायत देवताल गाउँपालिका को समाज सेवी बुद्धिजिवि लागायतको उपस्थिति रहेको थियोे ।
Sthaniya News
