आरएन पटेल । बैशाख २४ गते
रौतहटको विभिन्न पालिकाहरुमा उम्मेदवारी दिएका उम्मेदवारहरु मतदाताको घर घरमा पुगी घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ । जिल्लाको बौधिमाई नगरपालिकाको मेयर पदमा जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवारी बौधिमाई नगरपालिकाको निवर्तमान युवा मेयर राजीव रंजन यादव घरदैलो कार्यक्रममा निस्किदा जनसैलाव नै निस्किएको देखिएको छ । घरदैलोमा निस्किएको जनसैलाव देखेर प्रतिद्धन्द्धी हार खाने मनस्थितिमा समेत पुगेका छन । गत पाँच सालमा निवर्तमान मेयर यादबले गरेको काम अति नै सराहनिय रहेको भन्दै जनताहरु यस पालि फेरि जिताउने परिस्थितीमा पुगेका छन । बौधिमाई नगरपालिकामा दुई पक्षिय लडाई हुने अवस्था देखिएको छ ।

बौधिमाई नपामा जनता समाजवादी पार्टी नेपाल र नेकपा एमाले विच प्रमुख रुपमा प्रतिपर्धा हुने देखिएको छ । बौधिमाई नगरपालिकामा दुई पार्टी विच प्रतिष्पर्धा देखिए तापनि जनता समाजवादी पार्टी नेपालको उम्मेदवार राजीव रंजन उर्फ राजू यादवले बाजी मार्ने प्राय: निश्चित भएको हो । विकासको काम देखि लिएर वा जनताहरुको सेवा सुविधा प्रवाह गर्नमा सबै क्षेत्रमा अब्बल रुपमा विगतको दिनमा प्रस्तुत भएका मेयर राजीव
रंजन यादव प्रति दोश्रो कार्यकालको लागि बौधिमाईको जनता पूर्ण रुपमा समर्पन भएको हुँदा उनको विजयी सुनिश्चित रहेको एक सर्वेबाट प्रष्ट भएका छन् । राजीव रंजन यादवको प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार त्रिभुवन साह उर्फ अमर साहको अवस्था खासै राम्रो नरहेको हुँदा जसपाको उम्मेदवार यादवको जित पक्का देखिएको स्थानीय जनताहरु बताउँछन् । प्रदेश तथा संघीय सरकारको विभिन्न योजनाहरुबाट स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा विभिन्न ठोस विकास निर्माणको कार्य गराउनमा पहल तथा योगदान दिइएको हुँदा उनीप्रति बौधिमाईको जनताहरु सकारात्मक भई युवा मेयर यादवको पक्षमा ठूलो जनलहर चलेको एक स्थानीय बसन्त यादवले बताए ।

मेयर उम्मेदवार यादव शनिबारका दिन बौधिमाई नगरपालिकाको वार्ड नं.६ पिपरियामा घरदैलो कार्यक्रम गरिरहदा स्थानीय न्यूजका प्रतिनिधिसंग कुरा गर्दै जनताको कामहरु सबै गरेको तर केही अधुरो कामहरु बाँकी रहेको हुँदा उक्त कार्य पुरा गर्न यसपाली उम्मेदवारी दिएको बौधिमाई नगरपालिकाको मेयर पदको उम्मेदवार राजू यादबले बताए । गत पाँच सालमा गरेको कार्यहरु जस्तै मठ मन्दिर निर्माण , बाटोघाटो , शिक्षा , स्वास्थ्य , सडकको स्तरउन्नती र कुनै पनि बिकासको काम गर्दा जनताको चाहना ईच्छा अनुसार नै गरेको कारण बौधिमाई नगरबासि दोस्रो पल्ट अवश्य जिताउँछ भनि विश्वस्त रहेको बताए ।

बितेको सालमा बाँकी रहेको काम यस पाली सबभन्दा पहिला पुरा गर्ने त्यस पछि जनताले चाहेको काम र जनताको हकहितमा हुने उनीहरुकै रोजाई अनुसार काम गर्ने मेयर उम्मेदवार यादबले बताए । यहि बैशाख ३० गते हुने आसन्न स्थानिय तहको चुनावमा आफ्नो बहुमुल्य मत जसपाको चुनाव चिन्ह छाता छापमा मतदान गर्न आतुर रहेको देखिएको छ ।साथै गत समयमा भएका तिता मिठा कुराहरुलाई भुलेर आफ्नो अमूल्य मत छाता मा स्वस्तिक छाप लगाई धेरै भन्दा धेरै मतले बौधिमाई नगरपालिको मेयरमा पुन बिजयी गराउन बौधिमाई नगरपालिका बासिसंग हार्दिक अनुरोध समेत गरेका छन ।

Sthaniya News
