आरएन पटेल । वैशाख २६ गते
स्थानीय तह निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपाल (जसपा), बौधीमाई २ इनर्वाका वडाध्यक्ष उम्मेदवार दिलीप कुमार पटेल उर्फ राजकिशोर पटेल आफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् ।

यही बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा जीत हाँसिल गरेमा आफूले गर्ने कार्यहरुको खाका तयार पारी सार्वजनिक गरेका छन् । बौधीमाई नगरपालिका वडा नं. २ इनार्वाका वडाध्यक्ष उम्मेदवार पटेलले वडाको सर्वाङ्गीन बिकास (समृद्धि)का लागि”बौधिमाई नपा २ इनर्वा गाउँलाई देशकै खुशी र समृद्ध गाउँ बनाउँदै स्मार्ट भिलेजमा परिणत गर्ने ” उदेश्यका साथ विभिन्न क्षेत्र समेट्ने गरी ५६ बुँदे (घोषणा पत्र) प्रतिबद्धता–पत्र सार्वजनिक गरेका हुन् ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जसपा नेपालको बौधीमाई नगरपालिका वडा नं. २ इनर्वा वडा कमिटीको आयोजनामा भएको चुनावी सभा कार्यक्रममा आफनो प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएको थियो । पटेलले ५६ वटा क्षेत्रलाई विशेष प्राथमिकतामा राखनु भएको छ ।

जसमा कृषक समूह तथा कृषकहरुको लागि आधुनिक तालिम,खेलकुद मैदान,सामुदायिक बिधालयमा अंग्रेजी माध्यममा पढाइ,एक घर एक रोजगारी,स्वास्थ्य विमा,स्वास्थ्य क्षेत्रमा २४ सै घण्टा इमरजेन्सी सेवा,पक्की ढलान,नाला, बिना ब्याज अध्ययन कर्जा लगायतका रहेका छन् । सार्वजनिक घोषणा–पत्रमा नागरिकको आधारभूत आवश्यकताको परिपूर्ती ,गुठी मठको जग्गा सार्वजनिक गर्ने रोजगारीका अवसरहरुको सर्जना प्राथमिकतामा रहेको उल्लेख गरिएको छ ।

Sthaniya News
