Breaking News
बारा जिल्ला पचरौताकाे नगर प्रमुखमा एमालेका जलन्धर सिंह तथा उपप्रमुखमा नसीमा खातुन विजयी

बारा जिल्ला पचरौताकाे नगर प्रमुखमा एमालेका जलन्धर सिंह तथा उपप्रमुखमा नसीमा खातुन विजयी

आरएन पटेल । १० जेष्ठ २०७९
बाराको पचरौता नगरपालिकामा नगर प्रमुखमा जलन्धर सिंह पटेल तथा नगर उप प्रमुखमा नसीमा खातुन बिजयी भएका छन। जिल्लाको  दक्षिणी भेगमा रहेको पचरौता नगरपालिकाको नगर प्रमुख  र उप प्रमुख पदमा एक साथ नेपाल कम्युनिस्ट पार्टी एमाले ले सम्मान जनक जित हात पारेका छन ।

पचरौता नगरपालिकामा जनता समाजवादी पार्टी नेपालका निवर्तमान मेयर रमेश कुमार यादवलाई पराजित गर्दै नेकपा एमालेका जलन्धर सिंह जैसवार (पटेल) विजयी भएका छन् । पटेलले २७१ मतको मतान्तरले जित हासिल गरेका हुन । उनले ४७३२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाको तर्फबाट मेयर उम्मेदवार रमेश कुमार यादवले ४४६१ मत ल्याएका छन् ।

नगरपालिकाको उप प्रमुख पदको लागि उम्मेदवारि दिएकी नेकपा एमालेकी महिला नेत्री नसीमा खातुनले ४५३८ मत प्रात गरेकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी जसपाकी सगुफा खातुनले ४१६३ मत पाएकी थिइन । महिला नेत्री नसीमा खातुनले आफ्नो निकटतम प्रतिद्वन्द्वी जसपाकी सगुफा खातुन भन्दा ३७५ मत बढी प्राप्त गरेर विजयी भएकी हुन् ।

आफ्नो कार्यकालमा समग्र पचरौता नगरबासीको हरेक इच्छा, आकांक्षा अनुसारको बिकास कार्य लगायत नगरवासीको सुख सुबिधाको लागि आफु हरदम तत्पर रहने नव निर्वाचित नगर प्रमुख जलन्धर सिंहले विश्वास व्यक्त गरेका हुन ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*