आरएन पटेल । रौतहट १० जेष्ठ २०७९
रौतहटको वृन्दावन नगरपालिकामा नगर प्रमुखमा बिनोद पटेल तथा नगर उप प्रमुखमा संगीता कुमारी राम बिजयी भएका छन। जिल्लाको उतरी भेगमा रहेको वृन्दावन नगरपालिकाको नगर प्रमुख र उप प्रमुख पदमा भारी मतका साथ नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादीले सम्मान जनक जित हात पारेका छन ।

वृन्दावन नगरपालिकामा नेपाली कांग्रेसका निवर्तमान मेयर रामस्नेही यादवलाई पराजित गर्दै एकीकृत समाजवादीका विनोद प्रसाद कुर्मी (पटेल) विजयी भएका छन् । कुर्मीले १४३४ मतको फराकिलो मतान्तरले जित हासिल गरेका हुन । उनले ६११२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसको तर्फबाट मेयर उम्मेदवार रामस्नेही यादवले ४६७८ मत ल्याएका छन् ।

रौतहटमा पहिलो पल्ट दलित समुदायबाट समाज सेवामा लागि उपमेयर पदमा उम्मेदवारि दिने उच्च शिक्षा हासिल गरेकी दलित समुदायको शानको रुपमा रहेको संघर्षशील महिला नेत्री संगीता कुमारी रामले ५७७२ मत प्रात गरेकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सैवुन खातुनले ४६८८ मत पाएकी थिइन । रामले आफ्नो निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी खातुन भन्दा १०८४ मत बढी प्राप्त गरेर विजयी भएकी हुन् ।

आफ्नो कार्यकालमा समग्र वृंदावन नगरबासीको हरेक इच्छा, आकांक्षा अनुसारको बिकास कार्य लगायत नगरवासीको सुख सुबिधाको लागि आफु हरदम तत्पर रहने नव निर्वाचित नगर प्रमुख बिनोद पटेलले विश्वास व्यक्त गरेका हुन ।

Sthaniya News
