आरएन पटेल । २० जेठ २०७९
रौतहटको बौधीमाई नगरपालिकाको कार्यपालिका सदस्यको लागि काँग्रेस,एमाले र जसपा बिच गठबन्धन भएको छ । नगर कार्यपालिका गठन प्रक्रियामा आफनो बहुमत पूरा गर्नको लागि तीन वटै पार्टी बिच सहमती भइ चुनावी प्रक्रियामा गएको हो ।
गठबन्धन पछि सम्पन्न भएको नगर कार्यपालिका चुनावमा पुरै प्यानल निर्वाचित भएका छन् । आठै जना उम्मेदवार तिनटै पार्टीका हुन् ।

नगरपालिकाको कार्यपालिका निर्वाचनका लागि मनोनयन दर्ता गराएका तिनै दलका आठ जना निर्वाचित भएको बौधीमाइका निर्वाचन अधिकृत गुणराज पराजुलीले जानकारी गराउनु भएको हो । निर्वाचित भएका कार्यपालिका सदस्यहरुमा जनता समाजवादी पार्टी नेपालका ४ जना , नेकपा एमाले पार्टीका २ ,नेपाली काँग्रेसका १ र स्वतन्त्र १ जना रहेका छन् ।

बौधीमाइ नगरपालिकाको महिला कार्यपालिका सदस्यहरुमा आशा कुमारी बैठा,तिलिया देवी,नबिनन खातुन,सुनैना देवी,सुजाता देवी रहेकी छिन भने दलित तथा अल्पसङ्ख्यकबाट हरिशचन्द्र दास,बिहारी ठाकुर,सुनिल जयसवालले उम्मेदवारी दिएका थिए । सबै सदस्य निर्वाचित भएको निर्वाचन अधिकृत पराजुलीले जानकारी गराउनु भएको हो ।

Sthaniya News
