Breaking News
समाजवादी युवा संघको केन्द्रीय उप महासचिव दिलिप पटेलद्वारा इनर्वामा महादेव मन्दिर निर्माणको लागि शिलान्यास सम्पन्न

समाजवादी युवा संघको केन्द्रीय उप महासचिव दिलिप पटेलद्वारा इनर्वामा महादेव मन्दिर निर्माणको लागि शिलान्यास सम्पन्न

आरएन पटेल । २१ जेष्ठ २०७९
रौतहटको बौधिमाई नगरपालिका – २ इनर्वामा समाजवादी युवा संघको केन्द्रीय उप महासचिव दिलिप कुमार पटेलद्वारा महादेव मन्दिर निर्माणको लागि शिलान्यास कार्य सम्पन्न भएको हो ।

जनता समाजवादी पार्टी नेपालको भातृसंगठन समाजवादी युवा संघको केन्द्रीय उप महासचिव पटेलले बौधिमाइ नगरपालिकाको वडा न.२ इनर्वामा आज एक कार्यक्रम आयोजन गरि महादेव मन्दिर निर्माणको लागि शिलान्यास गरेका हुन । सामाजिक विकास मंत्रालय जनकपुर धामको सहयोग तथा युवा नेता पटेलको अथक प्रयासमा सो मंदिरको शिलान्यास गरि निर्माण कार्य अगाडि बढाईएको हो ।

उप महासचिव पटेलले यस अघि पनि सम्पूर्ण इनरवा वासी मध्ये गरीब, अतिविपन्न, दलित, विभिन्न किसिमका रोगले पीड़ित सर्वसाधारण लगायत एकल महिलाहरुलाई सकेसम्म विभिन्न राहत सामग्री लगायत नगद सहयोग गर्दै आएको स्थानियहरुले बताएका छन । यसै अंतर्गत आज एक कार्यक्रमका बिच सो मंदिरको शिलान्यास गरी निर्माण कार्य छिटै सम्पन्न गर्ने वहाले स्थानीय न्यूजलाई बताउनु भएको हो । यस अघि पनि पटेलले बौधिमाई नगरपालिकाको वडा नं.२ इनरवा नादिवारि र नदीपारीमा अधुरो रहेको ब्रह्मबाबा मंदिर तथा नया ब्रह्मबाबा मन्दिरको निर्माण कार्य सम्पन गरेका छन ।

युवाहरुको ढुकढुकीको रुपमा प्रसिद्ध भएका युवा नेता पटेलले बौधिमाई नगरपालिकाको बड़ा नं.२ अंर्तगतका समग्र इनरवामा स्थलगत अनुगमन गरी अति आवश्यक विभिन्न बिकास निर्माणका कार्यहरु छिटै संचालन गरिने सर्वसाधारणहरुलाई विश्वास दिलाउनु भएका हुन । यस अघि पनि वहाले प्रदेश सरकारको सशर्त अनुदानबाट प्राप्त योजना मध्येबाट वडा नम्बर २ इनर्वा र नदीपारिमा गरेर करिब साढ़े पाँच सय मिटर लम्बाई बराबरको पक्की सड़क ढलान कार्य सम्पन्न गरेका हुन ।

अबको आउदो दिनहरुमा बितेका पाँच वर्षमा समग्र इनरवामा बिकास हुन नसकेका शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, बाटोघाटो, मठ मंदिर जस्ता बिभिन्न बिकास निर्माणका कार्यहरु छिटै नै बड़ावासिहरुले देख्न सक्ने र त्यसको लागि आफु हरदम तत्पर रहने वहाले बताउनु भएको छ । साथै वहाले गरेका विभिन्न सामाजिक कार्य प्रति स्थानियहरुले खुशी व्यक्त गर्दै हर्षोल्लासका साथ स्वागत गरेका छन।
सम्पन्न शिलान्यास कार्यक्रममा स्थानीय बुद्धिजीवी, नेता कार्यकर्ता, भद्रभलादमी लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*