Breaking News
रौतहटको गरुडाबाट प्रदेश सभामा बने एक दर्जन भन्दा बढी उम्मेदवार

रौतहटको गरुडाबाट प्रदेश सभामा बने एक दर्जन भन्दा बढी उम्मेदवार

कुमार चन्दन।रौतहट।असोज २४ गते

रौतहटको गरुडा नगरपालिकाबाट प्रदेश सभाका लागि एक दर्जन भन्दा बढी उम्मेदवार देखिएका छन् । संघीय निर्वाचन क्षेत्र नम्बर ४ को २ बाट प्रदेश सभाका लागि गरुडा नगरपालिका क्षेत्रबाट एक दर्जन भन्दा बढी उम्मेदवार रहेको देखिएका छन् ।

क्षेत्र नम्बर ४ को २ मा गरुडा नगरपालिकाको वडा नम्बर २, ३, ४, ८ र ९ रहेकामा वडा नम्बर ३ बाट कुनै उम्मेदवारी परेको छैन भने सबैभन्दा बढी उम्मेदवारी गरुडा नगरपालिका वडा नम्बर ४ बाट परेको छ । गरुडा नगरपालिका वडा नम्बर २ बाट जयनाथ यादव, वडा नम्बर ४ बाट स्वतन्त्रबाट रामकृष्ण चौधरी, वडा नम्बर ४ कै संघीय समाजवादी पार्टीबाट लक्ष्मी साह सोनार, वडा नम्बर ४ कै रवि जयसवाल, वडा नम्बर ४ कै बहुजन एकता पार्टीका सत्यनारायण महरा चमार, वडा नम्बर ४ कै सन्तोष कुमार साह, वडा नम्बर ४ कै मोहन कुमार साह, वडा नम्बर ४ बाटै नेपाल मजदुर किसान पार्टीका मदन किशोर लाल कर्ण, वडा नम्बर ८ बाट राजीव गुप्ता, वडा नम्बर ८ कै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट साहिल जयसवाल, वडा नम्बर ८ का अरविन्द साह, गरुडा नगरपालिका वडा नम्बर ९ का जनमत पार्टीका राम प्रवेश राय यादव, वडा नम्बर ९ का समीर शेखले मनोनयन दर्ता गराएका छन् । वडा नम्बर ४ बाट प्रदेश सभा सदस्यको लागि ७ जनाको उम्मेदवारी परेको देखिएको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*