Breaking News
गरुडा नगरपालिकामा प्रारम्भिक प्रशिक्षण तालिम समपन्न

गरुडा नगरपालिकामा प्रारम्भिक प्रशिक्षण तालिम समपन्न

 

कुमार चन्दन । गरुडा । असोज २३ गते

रौतहटको गरुडा नगरपालिकामा निर्वाचित महिला जनप्रतिनिधीहरुका लागि प्रारम्भिक प्रशिक्षण तेस्रो मोड्यूलको तालिम आज समपन्न भएको छ ।


माण्डवी रौतहटको आयोजना तथा IEFS नेपालको प्राविधिक सहयोगमा सँचालित शी लिडस परियोजना अन्तर्गत सँचालित ४ दिने तालिमको समापन कार्यक्रममा गरुडा नगरपालिकाको आशिर्वाद होटलमा समपन्न भएको हो । समापन्न कार्यक्रममा अनुगमन अधिकृत बोल्दै महिला जनप्रतिनिधीहरु निर्वाचित भए पछि आफनो जिम्मेवारी मात्र नगर शभा तथा बैठकहरुमा जाने र हस्ताक्षर गरेर मात्र नगरपालिकाको विकाश नहुने,हामी जनताका समस्याहरु बुझि,दिर्घकालिन योजना निर्माण गर्न पहल गर्ने र विकाशका काम अग्रसर समेत हुने बताएका छन् ।

माण्डवी नेपालको सहजिकरणमा सँचालित ४ दिने तालिममा सिकेका,बुझेका कुराहरु आफु भित्र मात्र सिमित नराखि समुदाय तथा व्यवहारमा लागु गर्नु पर्ने तथा यस तालिम कार्यक्रमले महिला जनप्रतिनिधीहरुको आफनो भुमिका निर्वाह गर्न थप उर्जा तथा क्षमताको विकास भएको जिकिर गरिएको अनुगमन तथा मुल्याँकन अधिकृत दासले जानकारी गराउनु भयो ।
यसअघि पहिलो र दोस्रो मोड्युलको प्रारम्भिक प्रशिक्षणमा सहभागी भइसकेका गरुडा न.पा अन्तर्गतका ९ वटै वडाका महिला जनप्रतिनिधिहरुलाई तेस्रो मोड्युलको तालिममा प्रशिक्षकहरुले सहभागीहरुलाई समूहकार्य,बैठकको योजना र व्यवस्थापन ,स्थानीय तहको विधायिकी कार्य प्रणाली,सक्रिय सुनवाइ ,संजालिकरण,संचार माध्यम सँग सहकार्य,विकास ,समुदाय परिचालन र व्यक्तिगत विकासका लक्ष्य तथा कार्ययोजनाको विषयमा समेत जानकारी गराएको परियोजना सँयोजक मुनिलाल वैठाले बताए ।
स्थानीय तहमा महिला वडा सदस्यहरु तथा महिला कार्यपालिका सदस्यहरुको भुमिकाहरु, क्षमता विकास,आत्मविश्वास बढाउने उदेश्यले सो तालिमको आयोजना गरिएकि प्रशिक्षक सँजय कुमार यादवले बताएका हुन ।
तालिम असोज २० गते देखि २३ असोज सम्म चलेको थियो । सो प्रारम्भिक तालिममा सकृय सहभागी भै प्रशिक्षण लिनु भएका गरुडा नगरपालिकाका महिला जनप्रतिनिधीहरु लगायत तालिमका प्रशिक्षक सँजय यादव,पुनम ठाकुर तथा माण्डवीका सामाजिक परिचालक सुरेन्द्र यादव ,ममता सिँहलाई समेत अनुगमन अधिकृत दासले धन्यवाद दिएका थिए ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*