Breaking News
रौतहट २ का जसपा उम्मेदवार साह र यादव जनताको घरदैलोमा ।

रौतहट २ का जसपा उम्मेदवार साह र यादव जनताको घरदैलोमा ।

आरएन पटेल,कार्तिक १८ गते ।

 रौतहट क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका जसपा उम्मेदवार शैलेन्द्र साह र प्रदेश सभा ख का उम्मेदवार रामकिशोर यादव घरदैलो कार्यक्रमलाई निरन्तरता दिइएका छन् ।


बौधीमाई नगरपालिकाको मटीअर्वा र इनरवामा जसपाका उम्मेदवार साह र यादवले एकैसाथ घरदैलो कार्यक्रम गरी आफनो पक्षमा मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका छन् । जनताको अपार उत्साहजनक सहभागिताको बीच घरदैलो कार्यक्रम सम्पन्न भएको बताइएको छ । पछिलो समय प्रदेश सभा ख का प्रदेश सभा सदस्य समेत रहेका रौतहट क्षेत्र नं.२ ख जसपा नेपालका प्रदेश सभा सदस्य उम्मेदवार रामकिशोर यादव उर्फ किशोरी यादवको पक्षमा जनता ओर्लिन थालेका छन् ।

रौतहट क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार साह र प्रदेश सभा ख का उम्मेदवार यादवलाई त्यहाँका जनताले बहुमत सहित जिताउने मनिस्थती बनाइसकेका छन । आफू जनताको अत्याधिक साथ र सहयोग पाइरहेकाले आफुहरुको जित कसैले रोक्न नसक्ने नेता यादवले बताए । जनता आफनो साथ रहेकाले प्रदेश सांसदमा आफु विजयी प्राप्त गर्ने उम्मेदवार यादवले ठोकुवा गरेका छन् । जनमत आफनोे पक्षमा रहेको हुँदा निर्धक भएर जसपा उम्मेदवार यादवको चुनाव चिन्ह छाता छापमा मतदान गरी विजयी बनाउन सबैलाई नेता कार्यकर्ताहरुले आग्रह गरेका छन् ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*