आरएन पटेल । रौतहट, १९ कार्तिक
रौतहट क्षेत्र नम्बर २ ख का प्रदेशसभा सदस्यका जसपा उम्मेदवार रामकिशोर यादव उर्फ किशोरी यादवले परोहा नगरपालिकाको भेड़ियाही र बसन्तपट्टीमा घरदैलो कार्यक्रम गरेका छन् ।

चुनावको मिति नजिकिए सँगै उनले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । जसपा उम्मेदवार यादवले आफ्नो पक्षमा मतदान गर्नका लागि सो क्षेत्रका बासिन्दाहरुसंग आग्रह गरेका छन् ।

घरदैलो कार्यक्रममा जसपा नेता, मधेश प्रदेश कमिटी सदस्य तथा बौधिमाई नपाका पहिलो मेयर राजीव रंजन यादवले सबै भेड़ीडिया तथा बसन्तपट्टी बासिहरुलाई रौतहट क्षेत्र नम्बर २ ख का प्रदेशसभा सदस्य पदका जसपा उम्मेदवार रामकिशोर यादव उर्फ किशोरी यादवको चुनाव चिन्ह छाता छापमा मतदान गर्न सबै जनसमुदायहरुलाई आग्रह गरेका छन । जसपा उम्मेदवार यादवले आजदेखि घरदैलो कार्यक्रमसँगै एउटा विशेष अभियान नै सञ्चालन गरेका छन् ।

Sthaniya News
