Breaking News
नियुक्ति नै नपाएका कर्मचारी चौथो तह उल्लेख गरी निर्वाचनमा खटिए ।

नियुक्ति नै नपाएका कर्मचारी चौथो तह उल्लेख गरी निर्वाचनमा खटिए ।

सत्येन्द्र प्रताप सिंह ,रौतहट, २४ गते कार्तिक ।

बाैधिमाई नपा स्वास्थ्य शाखा अन्तर्गतका नियुक्ति नै नपाएका स्वास्थ्य कर्मचारी निर्वाचनमा खटिएको देखिएको छ । निर्वाचन कार्यालय रौतहटले निकालेको अन्तिम नतिजाको सि. नं. ८११ मा बौधिमाई नपा को चौथो तहको कर्मचारी भनेर एक जना नियुक्ति नै नपाएका स्वास्थ्य चौकी इनरबारीमा खटदै आएको संदीप यादव नाम गरेको व्यक्तिको नाम सार्वजनिक गरेका छन ।

यस भन्दा अगाडी पनि नियुक्तिको सम्बन्धमा तथा सर्टिफिकेट एनएचपिसि बाट मान्यता नपाएका सिकारु ल्याब टेकनिसियन भएको संदीप यादव भन्ने संजय यादव को समाचार प्रकाशन भएको थियो ।
बाैधिमाई नगरपालिकाकाे वडा नम्बर ४ मा रहेको स्वास्थ्य चाैकी ईनरवारीको कर्मचारीको रूपमा कार्यरत यादव एनएचपिसि बाट मान्यता नपाएका सिकारु ल्याब टेकनिसियन रहेको स्थानियहरुले बताएका छन । तर वहाँ सँग एनएचपिसि नम्बर प्राप्त छैन् । मानयता नपाएका ल्याब टेकनिसियनले गरेकाे जाँच बाट हुने घटना दुर्घटनाकाे जिम्मेवार कसले लिने भन्ने स्थानीयहरूले प्रश्न उठाएका छन् । मान्यता प्राप्त ल्याब टेकनिसियनलाई हटाएर आफनाे आसेपासेलाई नगरपालिकाले भर्ना गरेकाे स्थानीयहरूकाे आराेप छ ।

यतिकै मात्र नभएर यादवले आफ्नो आसेपासे जून विभिन्न स्थानहरुमा अबैध रूपमा संचालन गरेका क्लिनिकको ल्याब सम्बन्धी विभिन्न सेवाहरु निःशुल्क नगरपालिकाको लगानीमा उपलब्ध गराई आफ्ना आफन्तहरुलाई सहयोग गरिरहेको समेत स्थानीयहरुले आरोप लगाएका छन् ।

यस विषयमा बाैधीमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामेश्वर राय यादवसँग बुझ्दा जानकारी नदिई आलटाल गरी टार्न खाेजेका छन् । स्वास्थ्य संयाेजक तारकेश्वर पटेलले यस विषयमा प्रमुख प्रशासकीय अधिकृत सँग बुझ्नुहोस् भनेर जवाफ दिए । वडा नम्बर ४ का वडा अध्यक्ष तुरन्त नारायण यादव र स्वास्थ्य चाैकीका ईन्चार्ज अखिलेश ठाकुरसँग बुझ्दा नगरपालिकाले खटाएकाेले आफू यसबारे जवाफदेही नरहेकाे प्रतिक्रिया दिएका छन् ।

स्थानियहरूको स्वास्थ्यसंग खेलवाड़ भइरहेको यस अवस्थामा कुनै पनि निकायले चासो नराखेकाले यस विषयमा स्थानियहरूले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन् ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*