Breaking News
रौतहट क्षेत्र नं ३ मा सत्ता गठबन्धनको घरदैलो कार्यक्रममा तीव्रता ।

रौतहट क्षेत्र नं ३ मा सत्ता गठबन्धनको घरदैलो कार्यक्रममा तीव्रता ।

रौतहट, कार्तिक २४ गते ।
रौतहट ३ क मा प्रदेशसभा सदस्यका एकीकृत समाजवादी उम्मेदवार नागेन्द्र राय यादव,ख मा नेपाली काँग्रेसका उम्मेदवार जितेन्द्र यादव र प्रतिनिधिसभा सदस्य स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवालले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । बिहीबार तिनैजना फतुवा बिजयपुर नगरपालिकामा मतदातासमक्ष पुगेका थिए ।

फतुवा बिजयपुर नगरपालिकाको वडा नम्बर १० दुधिअवा र वडा नम्बर ९ बुनियादका मतदाता सँग भेटघाट गरेका थिए । वहाँहरूले घरदैलो कार्यक्रम गरी आ आफना पक्षमा मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका छन् । जनताको अपार उत्साहजनक सहभागिताको बीच घरदैलो कार्यक्रम सम्पन्न भएको बताइएको छ ।


सक्ता गठबन्धनका उम्मेदवारहरुले आफनो प्रचारप्रसारलाई निरन्तरता दिइएका छन् । घरदैलो कार्यक्रममा मतदाताले देखाएको माया र सद्भावले उत्साहित भएको राज्यमन्त्री यादवले बताएका छन् ।
मंसिर ४ गते हुने निर्वाचनको मिति नजीकिएसगै प्रतिनिधिसभा तथा प्रदेश सभाका उम्मेदवारहरु पुगिरहँदा वहाँहरु पनि गाउँगाउँ पुगेर मतदातालाई रिझाउन व्यस्त छन् । निर्वाचनमा आफ्नो पक्षमा जित हासिल गर्न आफनो एजेन्डासहित आफनो क्षेत्रभरीको गाउँगाउँ पुगेका हुन् ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*