आरएन पटेल, मंसिर २६ गते
रौतहट जिल्लाको क्षेत्र नं २ अन्तर्गत पर्ने राजपुर नगरपालिकामा नगर प्रमुख युवा मेयर डा.मो.राजीक आलमले आज एक कार्यक्रम बिच राजपुरमा १५ शैया अस्पतालको शिलान्यास गर्नु भएको छ ।

आफ्नो नगरमा मुख्य प्राथमिकताको साथ व्यवस्थापन सहितको उपचार उपलब्ध गराउने उदेश्यले १५ शैया (बेड) को “राजपुर आधारभूत अस्पताल” वडा नं ३ राजपुर डमार चौकमा शिलान्यास गर्नु भएको छ ।

आफ्नो क्षेत्रकै नमुना सरकारी अस्पताल पुरै दक्ष एवं फिजिसियन चिकित्सकहरू द्वारा उपचार सेवा २४ अौँ घण्टा दिलाउने सोचको साथ अस्पतालको शिलान्यास मेयर आलमले गरेका छन् ।

आधुनिक मेसिनको साथ देश विदेशमा उपचार गराउन जाने नगरबासीहरू अबको दिनमा सो सेवा सुविधा अब आफ्नै नगरभित्र पाउने वहाले विश्वास दिलाउनु भएको हो । यस क्षेत्रका अन्य पालिकाको जनताहरुले पनि निर्धक्क भई आफ्नो जुनसुकै रोगको चेकजाँच एवं उपचार सहज तरिकाले गराउन सक्छन् भने मेयर आलमले बताए । शिक्षित जनप्रतिनिधि हुदा बिकास निर्माणका कार्य लगायत शिक्षा र स्वास्थ्य जस्ता सबै क्षेत्रको विकास हुने हुदा नगर बासिहरु हर्षित भएका छन ।

Sthaniya News
