आरएन पटेल । रौतहट, पुस ११ गते
बौधिमाइ नगरपालिका -५ कोपवामा धुम्ती स्थाइ परिवार नियोजन शिविरको सुभारम्भ भएको छ।नगरपालिकाको वडा नं.५ कोपवामा अवस्थित समुदायिक भवनमा ३ दिने धुम्ती स्थाई परिवार नियोजन शिविरको पहिलो दिन सोमबार उद्घाटन समारोह राखी शुभारम्भ गरिएको छ।

“व्यवस्थित परिवार, सुखको आधार” नारा सहित निःशुल्क परिवार नियोजन स्थाई बन्ध्याकरण शिविरमा सन्तानका रहर पुगी सकेका दम्पतीहरूमध्ये महिलाहरुका लागि मिनील्याब र पुरुषहरुका लागि भयाकसेक्टोमी अप्रेशन क्याम्प कार्यक्रमका आयोजक स्वास्थ्य कार्यालय गौर रौतहट रहेका छन भने यस अन्तर्गत बौधिमाइ नगरपालिकामा संचालनमा रहेका तीन दिने कार्यक्रमका सह आयोजक तथा अनुरोधकका रूपमा बौधिमाइ नगरपालिका स्वास्थ्य शाखा सरमुजवा रौतहट रहेका छन ।

निःशुल्क परिवार नियोजन स्थाई बन्ध्याकरण ३ दिने घूम्ती शिविर बौधिमाईको पहिलो दिन ५० जना दम्पतीहरुले सेवा लिएका बौधिमाई नपाका स्वास्थ्य संयोजक तारकेश्वर पटेलले जानकारी गराएका हुन । नगरपालिकामा यो कार्यक्रम ११,१२ र १३ गते गरेर जम्मा तीन दिन संचालन हुने जानकारी गराउदै अझ बाक़ी रहेको दोस्रो र तेस्रो दिन सेवा लिनका लागि सबै नगरबासीहरुलाई नगरपालिकाका स्वास्थ्य सह संयोजक राकेश यादवले आग्रह समेत गरेका हुन ।
कार्यक्रममा बौधिमाई नगरपालिकाका उप मेयर प्रमिला देवी जयसवाल, वडा नं.४ इनरवारीका वडा अध्यक्ष तुरन्त नारायण यादव, नगरपालिकाका पञ्जीकरण शाखाका बिकी कुमार जयसवाल, नपा भरिका स्वास्थ्यकर्मी लगायत सेवाग्राहीहरुको उपस्थिति रहेको थियो ।
Sthaniya News
