आरएन पटेल ,फागुन ०४ गते
रौतहटमा पालिका स्तरीय हात्तीपाइले रोग सम्बन्धि अभिमुखिरण सम्पन्न भएको छ । जिल्लाको बौधिमाई नगरपालिकामा सरोकारवाला संग एक दिने पालिका स्तरीय राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम गरिएको छ ।
बौधिमाई नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नपाको सभाहलमा सो अभिमुखिरण तालिम सम्पन्न भएका हो । हात्तीपाइले उन्मुलनको लागि “ हात्तीपाइले विरूद्धको औषधी खाऔँ, यो वर्षलाई अन्तिम बनाऔँ “ भन्ने नारा सहित सुरू हात्तीपाइले अभियान चलाउन लागिएको हो ।
कार्यक्रममा पालिकाको जनप्रतिनिधीहरु, विभिन्न शाखाका प्रमुख, स्वास्थ्यकर्मी लगायतका व्यत्तीहरुको सहभागिता रहेको थियो । हात्तीपाइले विरूद्धको औषधी खाएपछि कुनै पनि गम्भीर असर नपर्ने बताउँदै प्रशिक्षकले औषधीको बारेमा रहेको नकारात्मक सोचलाई हटाई यसको प्रयोगमा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
नेपाल सरकारले सन २०३० सम्म हात्तीपाइले उन्मुलन गर्नुपर्ने लक्ष्य लिएको बताउँदै सो लक्ष्यमा केन्द्रित भइ स्वास्थ्यकर्मीले जिम्मेवारीपूर्ण ढंगले यसको उन्मुलनमा लाग्नु पर्ने बताउनु भयो ।
सो अन्तरक्रियामा बौधिमाई नगरपालिकाको नगर प्रमुख प्रदीप कुमार यादव बौधिमाई नगरपालिकाकी नगर उप प्रमुख प्रमिला देवी जयसवाल,स्वास्थ्य शाखा प्रमुख तारकेश्वर प्रसाद पटेल, स्वास्थ्य सह संयोजक राकेश प्रसाद यादव, वडाका वडाध्यक्षहरु,स्वास्थचौकी प्रमुख, स्वास्थ्यकर्मीहरु तथा माविका प्रधानाध्यापकहरु, प्रहरी प्रसाशनका प्रतिनिधि लगायतका व्यक्तीहरुको सहभागिता रहेको थियो ।

Sthaniya News
