रौतहट, चैत्र १९ गते ।
स्थानीय सरकार प्रमुखको सट्टामा नक्कली व्यक्ति राखेर माध्यमिक शिक्षा परीक्षा (एसईई) को जाँच दिईरहेको अवस्थामा जिल्ला परिक्षा अनुगमन समितिले आईतवार पक्राउ गरेको छ ।
रौतहटको देवाही गोनाही नगरपालिकाका स्थानीय सरकार प्रमुख प्रेमलाल साह कानुले आफ्नो सट्टामा नक्कली व्यक्ति राखेर एसइइ परिक्षा दिदै गराएको अवस्थामा मौलापुर नगरपालिकाको लक्ष्मिनिया मावी परिक्षा केन्द्रबाट पक्राउ गरिएको हो ।
नेकपा एमालेबाट देवाही गोनाही नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका साह कानुको सट्टामा एसइए परिक्षा दिदै गरेका गरुडा ६ पोठियाहीका कमल साहलाइ पक्राउ गरिएका छन् । मौलापुर नगरपालिकाको लक्ष्मीनिया माविमा संचालन भइरहेको एसइइ परिक्षामा नियमित तर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परिक्षा दिइरहेका कमल साहलाई परिक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका साह मेयरका ज्वाइ रहेको श्रोतले बतायो । ससुराका सट्टामा परिक्षा दिइरहेका उनी इन्जीनियर रहेको ति श्रोतले बतायो ।
परिक्षा संचालन भएको अवस्थामा अनुगमन टोलीलाई विद्यार्थी प्रति शंका लागेर चेकजाच गर्दा साह पक्राउ परेका हुन । पक्राउ परेका नक्कली परिक्षार्थीको विषयमा भेरिफिकेशन भईरहेको तथा त्यस सम्बन्धमा गहन अनुसन्धान जारी रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
स्मरणीय छ की, एसईइ परिक्षालाई मर्यादित, अनुशासित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने दायित्व स्थानिय सरकार प्रमुख देखि लिएर विभिन्न निकायको रहेको भएपनि नक्कली परिक्षार्थी खडा गरेर परिक्षा दिन लगाउने स्थानीय सरकार प्रमुख कानु विरुद्ध हदै सम्मको कारवाही हुनुपर्ने रौतहटबासीको माग रहेको छ । यसबाट आउने दिनमा हुने परिक्षा मर्यादित हुने विश्वास छ । साभार :- तराई टप डटकम
Sthaniya News
