Breaking News
३७ दिन पछि कामकाजमा फर्किए मौलापुर बिधुत कर्मचारी

३७ दिन पछि कामकाजमा फर्किए मौलापुर बिधुत कर्मचारी

आरके श्रीवास्तव,गरूडा,चैत १९ गते
रौतहटको मौलापुर बिधुत प्राधिकरणको कर्मचारीको समस्या बारे सर्वपक्षीय छलफलमा सहमति भएपछि कर्मचारीहरु आजदेखि कामकाज सुचारु गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको पहलमा शनिवार जिल्ला प्रशासन कार्यालय रौतहटमा भएको सर्वपक्षीय छलफलमा सहमति पछि उक्त सहमतिलाई आधार मानेर बिधुत प्राधिकरण मौलापुरका कर्मचारीहरुले आज (आईतबार ) देखि प्राधिकरणको सम्पूर्ण कामकाज सुचारु गरेका छन ।
बिगत एक महिना सात दिन देखि नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण केन्द्रको सेवा बन्द गरिएको थियो । बितेको फागुन १२ गते देखि वितरण केन्द्रका कर्मचारीहरूले अनिश्चित कालका लागि कार्यालय बन्द गर्ने घोषणा गरेका थिए ।
केन्द्रका सहायक इन्जिनीयर महेन्द्र चौधरीमाथि कुटपिट भएको विरुद्ध आन्दोलनमा उत्रिएका कर्मचारीहरूले अति आवश्यक सेवाबाहेक सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेका थिए ।
शनिवार भएको सर्वपक्षीय छलफलमा सहमति जुटेपछि उक्त सहमतिलाई आधार मानेर बिधुत प्राधिकरण मौलापुरका कर्मचारीहरुले आज (आईतबार ) देखि प्राधिकरणको सम्पूर्ण कामकाज सुचारु गरेको मौलापुर शाखाले जानकारी गराएको हो ।

कर्मचारीमाथि दुव्र्यवहार घटनाको जबाफदेहिता मौलापुर नगरपालिका भएको भन्दै मेयर रिनाकुमारी साहले घटनाप्रति दुःख व्यक्त गरेकी थिइन् ।
मेयर साहले बन्द रहेको मौलापुर वितरण केन्द्रको कार्यालय संचालन गर्न र कर्मचारीहरुलाई काममा फर्किन आग्रह गरेपछि कर्मचारीहरू काममा फर्किन सहमत भई आजदेखि कामकाज सुचारु गरेका छन् । साथै शाखा बन्द रहेको अवधिभरमा ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा याचना गर्दै शाखा बन्द रहेको अवधिभरमा प्राधिकरणको विधुत महशुलमा लाग्ने जरीवाना मिन्हा गर्न प्राधिकरणको केन्द्रिय कार्यालयमा पत्र पठाईएको बुझिएको छ । केन्द्रिय कार्यालयको निर्देशन अनुसार शाखा बन्द रहेको अवधिभरमा ग्राहकवर्गलाई विधुत महशुलमा लाग्ने जरीवाना आउदो बैशाख ३ भित्र बुझाएमा जरीवाना मिन्हा हुन सक्ने मौलापुर शाखाले जानकारी गराएको हो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*