Breaking News
श्री मावि शितलपुरमा माटो पुर्ने काम हुँदै,वर्षौदेखि फिल्डमा पानी जम्मा हुँदा हुन्थ्यो समस्या

श्री मावि शितलपुरमा माटो पुर्ने काम हुँदै,वर्षौदेखि फिल्डमा पानी जम्मा हुँदा हुन्थ्यो समस्या

आरके श्रीवास्तव,गरुडा,चैत १९ गते
रौतहटको फतुवा बिजयपुर नगरपालिकाको एक बिधालयमा माटो पुर्ने काम भइरहेको छ । सो नगरपालिकाको वडा नम्बर २ मा रहेको श्री माध्यमिक बिधालय शितलपुरको फिल्डमा अहिले धमाधम माटो पुर्ने काम भइरहेको वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ संजयले बताउनु भएको हो ।
वर्षौदेखि उक्त बिधालयमा गाउँभरी बाट वर्षाको पानी जम्मा भइ पोखरीमै परिणत भएको थियो । जस कारण बिधार्थीहरु लाइ खेलकुद गर्न समस्या भइरहेको थियो । यही समस्याको मध्यनजर गरी वडा अध्यक्ष यादवको निर्देशनमा बिधालयका प्रधानाध्यापक बुनिलाल प्रसाद यादवले बिधालयको फिल्डमा माटो पुर्ने काम गराउन लागेका हुन् । फिल्डमा माटो पुर्ने काम भएपछि बिधालयमा रहँदै आएको समस्या समाधान हुने भएको छ ।


बिधालयको फिल्डमा जम्मा हुने गरेको पानीको निकासका लागि नाला बनाइ निकास दिइएको छ । जसको पक्कीकरणको काम आउँदो आ.व.मा गरिने वडा अध्यक्ष यादवले बताएका छन् ।
वडा अध्यक्षमा निर्वाचित भएदेखि शिक्षा क्षेत्रलाइ विशेष प्राथमिकतामा राखेर काम गर्दै आएका छन् । बिधालयको चौतर्फी विकासको लागि उनी सधैं अग्रसर भएको देखिन्छन् । उनको यो कार्यको स्थानियहरुले प्रशंसा गरेका छन् ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*