आरएन पटेल, वैशाख १७ गते ।
श्री आधारभुत विद्यालय इनर्वा ‘क’ का विद्यार्थीहरूलाई पुरस्कार तथा पाठ्यपुस्तक वितरण गरिएको छ । नयाँ शैक्षिक सत्र सुरू भएसँगै विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण कार्यको साथै पुरस्कार वितरण गरिएको हो ।
बौधीमाई नगरपालिकाको वडा नं. २ इनर्वामा रहेको यस विद्यालयको नयाँ शैक्षिक सत्र गत वैशाख २ गतेबाट सुरु भएको छ ।

विद्यालयमा यस पटक नयाँ भर्नासँगै कक्षा १ देखि कक्षा ८ सम्मको सम्पूर्ण विद्यार्थीहरुलाई पुस्तक वितरण गर्नुको साथै प्रत्येक कक्षामा ( उत्कृष्ट ) प्रथम, दोस्रो र तेस्रो गरेका विद्यार्थीहरुलाई वडा अध्यक्ष धर्मेन्द्र प्रसाद पटेलले पुरस्कार वितरण गरेका छन् । विद्यार्थीहरुलाई पढाई प्रति उत्सुकता बढाउन प्रत्येक कक्षामा प्रथम, दोस्रो र तेस्रो गरेका विद्यार्थीहरुलाई क्रमशः अङ्ग्रेजी शब्दकोश, कापी र कलम तथा ज्युमेत्री बक्सको साथै विभिन्न पुरस्कारबाट उत्साहित गरिएको वडा अध्यक्ष पटेलले बताएका हुन् ।

साथै विद्यार्थीहरूले गरेको परिश्रमको प्रतिफल स्वरूप पुरस्कार प्राप्त गरेको तथा आगामी दिनमा प्रत्येक विद्यार्थीले कडा मिहिनेतका साथ अध्ययन अध्यापनलाई अगाडि बढाउन उत्साहजनक अभिवयक्ति प्रस्तुत गर्दै अभिभावक वर्गले पनि आ आफ्नो बालबालिकाहरुको उज्वल भविष्यको लागि त्यतिकै उत्तरदायी हुने विद्यालयका प्रधानाध्यापक मनोज कुमार पटेलले आफ्नो अभिवयक्ति प्रस्तुत गरेका थिए । साथै पुस्तक वितरण कार्यमा छुटेका तथा बाकी रहेका बिद्यार्थीहरूलाई अगामी दिनमा पुस्तक वितरण गरिने उनले बताए ।

सो अवसरमा वडा अध्यक्ष पटेल सँगै, वडा सदस्य रामजी पटेल, स्थानीय समाजसेवी विजय प्रसाद पटेल,रामप्रसाद राउत, विशुनदेव साह कलवार, विन्दा प्रसाद पटेल, विद्यालयका शिक्षक अमोद कुमार पटेल, रामेश्वर प्रसाद यादव, सिताराम प्रसाद कुशवाहा, सुनिल पटेल, सुधीर कुशवाहा,शिक्षिका सिता कुमारी,सुनिता कुमारी, कार्यालय सहयोगी पुरन्धर प्रसाद कुर्मी सहित बिद्यार्थी ,स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियो ।



Sthaniya News
