Breaking News
मधेश प्रदेशभरीका पत्रकारहरूले विश्व प्रेस स्वतन्त्रता दिवस चन्द्रपुरमा मनाउने

मधेश प्रदेशभरीका पत्रकारहरूले विश्व प्रेस स्वतन्त्रता दिवस चन्द्रपुरमा मनाउने

राैतहट, बैशाख १८ गते।
मधेश प्रदेशभरीका पत्रकारहरूले विश्व प्रेस स्वतन्त्रता दिवस चन्द्रपुरमा मनाउने भएका छन ।
मुख्यमन्त्री रामसरोज यादवको प्रमुख आतिथ्यमा मधेश पत्रकारिता सम्मान हस्तान्तरण एवम् प्रदेश ऐन र पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम हुने नेपाल पत्रकार महासंधका मधेश प्रदेश अध्यक्ष राजेश कुमार कर्णले बताए ।

नेपाल पत्रकार महासंघ मधेस प्रदेश तथा रौतहट शाखाको संयुक्त आयोजनामा हुने उक्त अन्तरक्रिया कार्यक्रम प्रदेशका ८ वटै जिल्लाका अध्यक्ष तथा २ पत्रकार महिला सहित ६/६ जनाको सहभागिता हुने अध्यक्ष कर्णले बताए ।विश्व प्रेस स्वतन्त्रता दिवस(मे ३)को अवसर पारेर सो कार्यक्रम हुन लागेको हो । यहि वैशाख २० गते बुधबार बिहान १० बजे जिल्लाको चन्द्रपुर स्थित रहेको होटेल अशोकामा हुने कार्यक्रममा मधेश प्रदेश भरिको ८ वटै जिल्लाका पत्रकारहरुको सहभागिता रहनेछ ।
विश्व प्रेस स्वतन्त्रता दिवस(मे ३)काे अवसरमा बिहान ८ बजे महासंघ राैतहटकाे अगुवाइमा प्रभातफेरी हुने कार्यक्रम समेत रहेका छन । जिल्लाका सबै सञ्चारकर्मीलाई चन्द्रनिगाहपुरमा हुने प्रभातफेरिमा सहभागिताका लागि नेपाल पत्रकार महासंघ राैतहट शाखाले अनुरोध गरेकाे छ । जसको लागि सम्पूर्ण तयारी पूरा भएको नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बन्जाराले बताए ।
कार्यक्रम हुने स्थलमा चन्द्रपुर नगर प्रमुख सन्जय काप्ले,नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चाैहान,केन्द्रीय सदस्य द्वय शिवपुरी , केसि लामिछाने,मधेस प्रदेश महासचिव श्याम बन्जरा,जिल्ला अध्यक्ष , उपाध्यक्ष सहितको टोलीले सोमबार स्थलगत अवलोकन गरेकाछन ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*