Breaking News
रौतहटकाे चन्द्रपुरमा विश्व प्रेस स्वतन्त्रता दिवसको   प्रभातफेरी

रौतहटकाे चन्द्रपुरमा विश्व प्रेस स्वतन्त्रता दिवसको प्रभातफेरी

आरएन पटेल ,राैतहट,वैशाख २० गते
आज विश्व प्रेस स्वतन्त्रता दिवस देशैभरी मनाउने क्रममा राैतहटमा पनि मनाईएकाे छ । राैतहटकाे चन्द्रपुरमा आज बिहानै नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशकाे आयाेजना र नेपाल पत्रकार महासंघ राैतहट शाखाकाे आयाेजनामा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएकाे छ ।

चन्द्रपुरकाे हाेटेल अशाेका बाट सुरू भएको प्रभातफेरि मुख्य चाैकमा काेणसभामा परिणत भएको थियाे । संसारभर प्रेस स्वतन्त्रताको महत्त्वका बारेमा चर्चा गरिँदै याे दिवस मनाइँदै छ । नेपालमा पनि यस दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ ।

काेणसभालाई सम्बाेधन गर्दै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम् सूचनाकाे हक सम्बन्धिका अगुवा तरानाथ दहालले प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्पुर्ण श्रमजिवि पत्रकारहरुलाइ शुभकामना दिदै विश्व प्रेस स्वतन्त्रता कायम भएको देखि हालसम्मको अवस्था बारे जानकारी गराउनु भएको छ । उहाले विश्व प्रेस स्वतन्त्रता सम्बन्धी मुलभुत तीन कुरा पहिलो पत्रकारितामा क्षेत्रमा काम गर्ने क्रममा विभिन्न कालखण्डमा ज्यान गुमाएका तथा घाइते भएका पत्रकारहरुलाई सम्मान गर्ने । दोस्रो आफ्नो कार्यक्षेत्र अन्तर्गत सक्रिय भइ कार्यरत हुँदा समय सापेक्ष पक्राउ परि कारागारमा बन्धक बनेका ३३५ जना पत्रकारहरुलाई रिहाईको लागि पहल गर्ने र तेस्रो
पत्रकारितामा विश्वसनीयता सबभन्दा महत्वपूर्ण हुने भएकोले यश क्षेत्रमा कहिले काही सत्य लुक्ने तथा तथ्य छुट्ने जस्ता समस्या परेको हुदा यस्ता विषय बस्तुमा विशेष रुपमा ध्यान दिई आफ्नो कार्यक्षेत्रमा अगाडी बढन आग्रह समेत गर्नु भएको हो ।

स्मरणीय हाेस् युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यही सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो । साेही निर्णय अनुसार विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हाे ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*