Breaking News
सन्तपुर दाे.काे स्वास्थ्य चाैकिमा जनस्वास्थ्य प्रयोगशाला उद्घाटन ।

सन्तपुर दाे.काे स्वास्थ्य चाैकिमा जनस्वास्थ्य प्रयोगशाला उद्घाटन ।

आरएन पटेल ,बैशाख २० गते
राैतहटकाे फतुवा बिजयपुर नगरपालिकाकाे एक स्वास्थ्य चाैकिमा जनस्वास्थ्य प्रयोगशाला उद्घाटन भएकाे छ।
साे नगरपालिकाकाे वडा नम्वर ५ स्थित स्वास्थ्य चाैकि सन्तपुर दाेस्तियामा जनस्वास्थ्य प्रयाेगशालाकाे एक कार्यक्रमका बिच फिता काटेर उद्घाटन गरेका थिए ।
मधेश प्रदेश सरकारबाट ल्याब सामग्री र x-ray मेसिन लगाएतका सामानहरु उपलब्ध गराई बुधबारका दिन कार्यवाहक नगर प्रमुख अम्बेया खातुन र प्रमुख प्रशासकीय अधिकृत शम्भु यादवले संयुक्त रूपमा फिता काटि उद्घाटन गरेका हुन ।


साे सामाग्रिहरू स्वास्थ्यकर्मी रमेश यादव काे विशेष पहलमा उपलब्ध भएकाे बुझिएकाे छ।
यस्ता सेवा ग्रामीण भेगमा सुचारू भए सँगै बिरामिहरूलाई थप सेवा मिल्ने प्रमुख प्रशासकीय अधिकृत यादवले बताएका छन।


सन्तपुर स्वास्थ्य चाैकिमा यस्ता सेवा सुचारू भए संगै स्थानीयहरूले खुशि ब्यक्त गरेका छन ।
साे उद्घाटन कार्यक्रममा बिधायक प्रत्यासी माेहम्द शेराज, नगरपालिकाकाे जिन्सी प्रमुख हिरालाल महताे, सितलपुर स्वास्थ्य चाैकि प्रमुख रमेश यादव, स्वास्थ्यकर्मी बैधनाथ साह, उमेश चाैधरी, देवेन्द्र भन्डारी, कार्यालय सहयोगी माेहन यादव , स्वास्थ्यकर्मी रमेश कुमार साह , दिलिप पटेल, माे ईन्तयाज, कार्यवाहक वडा अध्यक्ष सहिद अंसारी , वडा प्रत्यासी जयमंगल यादव , माेबिन अन्सारी , लगाएतका ब्यक्तिहरूकाे सहभागिता रहेका थिए।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*