कुमार चन्दन, रौतहट
जेष्ठ २० गते ।
रौतहटको गरुडा नगरपालिकामा नगर स्तरीय बाल भेला सम्पन्न भएको छ । आरडीसी नेपालको आयोजना तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा गरुडा नगरपालिकाको सभा हलमा नगर स्तरीय बाल भेला सम्पन्न भएको छ ।
बाल संरक्षण तथा सामुदायिक संलग्नता स्पोन्सरशिप कार्यक्रम अन्तर्गत गरुडा नगरपालिका भरिका विभिन्न बाल क्लब र बाल सञ्जालका पदाधिकारीहरुले तीन समूहमा विभाजन भई समूहगत सवाल उठाएर सम्बन्धित चित्र बनाई प्रस्तुत गरेका थिए । बालविवाह, झै-झगडा, छोरा छोरी बीच विभेद, बाल मैत्री विद्यालय, अस्पताल, प्रहरी चौकी, बाल अधिकार लगायत विभिन्न सवालहरु समूहमा उठाई छलफल गरेका थिए ।
बालमैत्री स्थानीय शासन अन्तर्गतको उक्त कार्यक्रममा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि प्रसाद कलवार, आरडिसि नेपाल रौतहटका कोषाध्यक्ष ममता झा, सचिव प्रेमशंकर राय, पिसी सुशीला शर्मा, आरडिसि नेपाल बालमैत्री स्थानीय शासनका आल्या प्रवीण, आरडिसि नेपालका बिनोद दास, गरुडा नपाका प्रशासन शाखा प्रमुख प्रशान्त कर्ण, स्वास्थ्य शाखाकी ममता साह, बाल कल्याण अधिकारी अस्मिता यादव, सामाजिक परिचालिका साबित्री साह, गरुडा नपा भरिका बाल क्लब, बाल सञ्जालका पदाधिकारी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
Sthaniya News
