Breaking News
मधेशी सहिद स्व.राजकिशोर ठाकुरको सहिद स्मारक पार्कको शिलान्यास

मधेशी सहिद स्व.राजकिशोर ठाकुरको सहिद स्मारक पार्कको शिलान्यास

चन्दन कुमार महतो । जेष्ठ २९ गते

रौतहट क्षेत्र नं २ को प्रदेश सभा सदस्य मा.शोभा देवी साहको संसदिय कोश बाट २५ लाखको लागतमा र ईशनाथ नगरपालिकाको नगर प्रमुख कौशल्या देबी सिन्हाको सहयोगमा आज

स्व.राजकिशोर ठाकुरको सहिद स्मारक पार्कको शिलान्यास गरिएको छ ।

मधेश आन्दोलनको क्रममा रौतहटको गौरमा सहादत प्राप्त गरेका प्रथम मधेशी सहिद स्व.राजकिशोर ठाकुरको सहिद स्मारक पार्कको आज रौतहट क्षेत्र नं २ को प्रदेश सभा सदस्य माननीय शोभा देवी साह र ईशनाथ नगरपालिकाको नगर प्रमुख कौशल्या देबी सिन्हाको सहयोगमा २५ लाखको लागतमा सहिद स्मारक पार्कको शिलान्यास गरिएको छ। सो कार्यक्रममा रौतहट क्षेत्र नं २ (ख) को पुर्व प्रदेश सभा सदस्य माननीय रामकिशोर यादव, शिक्षक फोरम नेपालको मधेश प्रदेश अध्यक्ष कामेश्वर यादव , जसपा पुर्व जिल्ला अध्यक्ष रामनिवास यादव, समाजवादी बिधार्थी युनियनको केन्द्रीय सचिव तथा प्रादेशिक अस्पताल गौरको सदस्य ललन यादव, प्रेस मंच नेपालको जिल्ला अध्यक्ष किशोरी यादव, प्रेस मञ्च नेपाल रौतहट शाखाको सचिव चन्दन कुमार महतो, लगायत जनता समाजवादी पार्टी नेपालको नेता हरुको सहभागीमा शिलान्यास कार्यक्रम भब्य रुपले सम्पन्न भएको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*