Breaking News
बौधिमाई -२ इनर्वामा युवा नेता दिलीप पटेलको विशेष पहलमा टावर लाईट जडान ।

बौधिमाई -२ इनर्वामा युवा नेता दिलीप पटेलको विशेष पहलमा टावर लाईट जडान ।

आरएन पटेल। साउन ४ गते ।
रौतहटको बौधिमाई -२ इनर्वामा टावर लाईट जडान कार्य सम्पन्न भएको छ । नगरपालिकाको वडा नं. २ इनर्वा स्थित लालबाकैया नदीको किनारमा रहेको बांधमा सो टावर लाईट जडान गरिएको हो । सामाजवादी युवा संघको केन्द्रीय महासचिव तथा युवा नेता दिलीप कुमार पटेल उर्फ राजकिशोर पटेलको विशेष पहलमा उज्यालो अभियान अन्तर्गत न.पा. को इनर्वामा सो टावर लाईट जडान कार्य सम्पन्न भएको हो । इनर्वा गाउँ सँगै जोडिएको लाल बाकैया पुल र श्री आधारभूत विद्यालयको बीच भागमा पर्ने,बाँधमा जडान भएको टावर लाईटको उचाई करिब ५५ फिट रहेको बताईएको छ । साथै यसले नदी नजिकैको टोल बस्तीलाई वर्षा याममा बाढी पहिरोले खेप्दै आएको विभिन्न समस्याहरुको समाधान हुने तथा पुलबाटो लगायत सामग्र टोल बस्ती र आवत जावत गर्ने बटुवाहरूलाई समेत यस लाईटले उज्यालो गरि बाटो हिड्न सहज बनाएको देखिएको छ ।
युवा नेता पटेलले यस अघि पनि इनर्वामा विभिन्न विकास निर्माणका ठोस कार्यहरू गरेकाले गाउँबासीहरु खुलेर प्रसंशा गरि आगामी दिनहरूमा पनि गाउँको उज्जवल भविष्यको लागि नेता पटेलले अग्रसर भई विकासे योजनाहरु ल्याई गाउँलाई नमुना गाउँको रूपमा चिनाउन सक्ने क्षमता भएको एक मात्र नेता पटेल रहेको स्थानियहरुले बताएका छन् ।
जनताको आस र अपेक्षालाई पूरा गर्न आफू लागि परेको र यस आ. ब. मा पनि इनर्वा लगायत अरोस परोसको गाउँमा पनि आफूले सके जतीको विभिन्न विकासे योजनाहरु ल्याई सकेको र आउने केही दिनमा समग्र योजनाहरु छिटै सञ्चान हुने युवा नेता पटेलले बताएका हुन् ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*