रमेश कुमार यादब
श्रावण ०७,रौतहट
रौतहटको बृन्दावन नगरपालिकामा आईतबारदेखि किताकाट खुल्ला भएको छ ।। आईतबार नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि बृन्दावन नगरपालिकाको वार्ड नं. १ देखि वार्ड नं.९ सम्मका भुमि बर्गीकरण सम्बन्धी कितागत बिवरण अनुमोदन भईसकेकोले किता काट प्रक्रिया खुल्ला गरिएको बृन्दान नगरपालिकाको नगर प्रमुख बिनोद राउत कुर्मिले जानकारी दिनु भयो । नगरपालिका अन्तर्गतका भुमि बर्गीकरणको लागी जग्गाहरुको कितागत बिवरण स्थानिय राजपत्रमा प्रकाशन भईसकेकोले सोहि बमोजिम नगरपालिका अन्तर्गतका जग्गाहरुको किता काट खुल्ला गरदिनको लागी नापी कार्यालय र मालपोत कार्यालयका स–प्रमुखहरुलाई स्थानिय राजपत्रको पाना ३५० थान संलग्न उपलब्ध गराएर किताकाट खुल्ला गर्न नगर प्रमुख बिनोद राउत कुर्मिले अनुरोध समेत गर्नु भएका थिए । नगर प्रमुख कुर्मिले भने म निर्वाचित भएदेखि नै बिपक्षीहरुले बिभिन्न बाधा अवरोध गर्दै आईरहेका कारण एक बर्षअघि गर्नु पर्ने काम हामिलाई एक बर्ष ढिलो भएको कारण हामि पनि धेरै दुखि छौ, भन्नु भएको थियो । बिभिन्न बाधा अवरोधको कारण पनि हामिलाई किताकाट खुलाउन समय लागेपनि हामिले रौतहटमा भएका अरु पालिकाहरु भन्दा अगाडी नै यो कार्य प्रारम्भ गरेका बताउनु भयो । गत मंसिर २३ सम्म सरकारले भूउपयोग क्षेत्र वर्गीकरण अन्तर्गत प्रत्येक पालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सम्पूर्ण जग्गालाई गैरकृषि क्षेत्र र कृषि क्षेत्रमा वर्गीकरण गर्नुपर्ने निर्देशन दिएको भएता पनि रौतहटका पालिकाहरुले अहिलेसम्म बर्गिकरण गर्न सकेको छैन । तर हाम्रो बृन्दावन नगरपालिकाले दिनरात मिहिनेत गरेर आज आईतबारदेखि भुउपयोगमा पर्ने गैर कृषि तथा कृषि क्षेत्रलाई छुट्टयान गरि सम्बन्धित निकायको जिम्मा लगाईसकेपछि बृन्दावन नगरपालिकाको किताकाट खुल्ला भएको बताउनु भयो । वर्गीकरणको अभावमा रोक्का रहेका जग्गाको कारोबार सुचारु हुनेछ । जग्गा वर्गीकरण नभएकै कारण धितो राखेर ऋण पाउन गाह्रो भएपछि सर्वसाधारणको उपचार, बिहेवारि, छोराछोरीका पढाइ, अंशबन्डा जस्ता अत्यावश्यक सामाजिक कार्य बाधित भएकोले पनि अव यि सवैको लागी सहज हुने नगर प्रमुख कुर्मिले बताउनु भयो । सोहि कार्यक्रममा गरुडा नगरपालिका अन्तर्गत रहेका नापी कार्यालयका सहायक–प्रमुख प्रबिन चौधरीले रौतहटमा रहेका पालिकाहरुमध्येबाट बृन्दावन नगरपालिकाले कन्सल्टेन्सि हायर गरेर तथा प्रत्येक वार्डको नक्सा छुट्टाछुटै बनाएर प्रष्ट बुझने गरि त्यार पारेकोले हामिले छिटो भन्दा छिटो किताकाट खुल्ला गरेर काम अगाडी बढाएर नगरपालिकालाई सहयोग गर्ने बताउनु भयो ।। कार्यक्रमको सम्बोधन गर्दै बृन्दावन नगरपालिकाको नियमित प्रमुख प्रशासकिय अधिकृत रासनरायण पटेलले हामिले गरेको भु–उपयोग नक्सा गर्ने बेलामा कृषि योग्य हुने जग्गालाई कुनै नियतवश तथा भुलवश उधोगीक क्षेत्र तथा अवास क्षेत्रमा बर्गीकरण गरिएको छ भने कार्यापालिकाको वोर्ड बैठकबाट निर्णय गरेर संन्सोधन गर्न सकिन्छ भनेका थिए । त्यसतै चन्द्रपुर मालपोत कार्यालयका नायब सुब्बा टोप बहादुर बस्नेतले भने बृन्दावन नगरपालिकाले भू–उपयोग ऐेन २०७६ र भु–उपयोग नियमावली २०७९ ले निर्देश गरेको मापदण्डको आधारमा जग्गा वर्गीकरण गर्नु भएको कार्य गर्भनिय रहेको पनि बताउनु भयो । बृन्दावन नगरपालिकाले त्यार पारेको नक्साङ्गन एकदम सराहनिय रहेको भन्दै नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुलाई धेरै–धेरै धन्यबाद दिएका थिए ।। साथै हामिले यसलाई माथिल्लो बिभागमा पठाउने र त्यहाँमा के फेरबदल गर्ने हो, या ठिक हो भनि भनेपछि हामिले चाडैँ नै यस कार्यलाई अगाडी बढाउने बताउनु भयो । उक्त कार्यक्रमको संन्चालन बृन्दावन नगरपालिकाको योजना शाखा प्रमुख हरि दुलालले गर्नु भएको थियो भने कार्यक्रममा बृन्दावन नगरपालिकाको नियमित प्रमुख प्रशासकिय अधिकृत रासनरायण पटेल,वार्ड नं.१ का वडाअध्यक्ष रामनाथ सहनी,वार्ड नं.२ का वडाअध्यक्ष सिकेन्द्र राउत कुर्मि ,वार्ड नं.३ का वडाअध्यक्ष हरिनरायण साह बनिया लगायत बिभिन्न वार्डका वडाअध्यक्ष र वार्डसदस्यहरु, कार्यापालिकाका सदस्यहरु,नगर प्रमुखको स्वकीय सचिव आशिष राज पटेल ,कर्मचारीहरुको सहभागिता रहेको थियो । रौतहटमा दुई गाउँपालिका र १६ वटा नगरपालिका सहित १८ पालिका रहेको रौतहटमा अधिकांश पालिकाले अहिलेसम्म जमिनको बर्गिकरणको काम सम्पन्न गर्न सकेका छैनन ।
Sthaniya News
