आरएन पटेल , साउन ०९ गते
बौधिमाई -३ मटिअर्वामा ट्राक्टर पल्टिदा एक जनाको घनास्थलमै मृत्यु भएको छ ।
रौतहट जिल्लाको बौधीमाई नगरपालिका वडा नं ३ मटिअर्वा पर्ने लालबकैया नदीको बाँधमा नदी पारी बाट खेत जोतेर घर फर्कने बेला बेलुका करिब ६:३० बजेको समयमा बौधीमाई नपा ३ मटिअर्वा बस्ने मोतिलाल बैठाको प्रदेश नं २ -०३-००१ त – ४३९ नम्बरको इन्दोफार्म ट्राक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको घटास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्राक्टर चालक बौधिमाई नपा -३ मटिअर्वा बस्ने विरेन्द्र प्रसाद पटेलको अन्दाजी १५ वर्षिय छोरा उधव पटेल रहेको खबर प्राप्त भएको छ । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय कोपवा पिपरियालाई जानकारी गराई सकेको स्थानीयहरूले बताएका छन।



Sthaniya News
