Breaking News
प्रादेशिक अस्पताल गौरद्वारा पहिलो पटक लैपरोटॉमी अप्रेशन सफल ।

प्रादेशिक अस्पताल गौरद्वारा पहिलो पटक लैपरोटॉमी अप्रेशन सफल ।

चन्दन कुमार महतो , भदौ २२ गते

रौतहट जिल्लाको प्रादेशिक अस्पताल गौरले आन्द्रा फुटेकोलाई आज पहिलो पटक सफलतापूर्वक शल्यक्रिया गरेको छ ।
लैपरोटॉमीको अप्रेसन डा.फिरोज अंजुम र डा.उज्जवल ठाकुरको टिमद्वारा सफलतापूर्वक गरिएको छ ।
जहिले देखि प्रादेशिक अस्पताल गौरको व्यवस्थापक समितिको अध्यक्ष मोहम्मद अनवर हाशमी भन्नुभयो त्यो दिन देखि प्रादेशिक अस्पतालमा सबै बिमारीको राम्रो ईलाज भईरहेको सेवाग्राहीहरु बताउछन । आज डा.फिरोज अंजुमको टिम र डा.उज्जवल ठाकुरको सहकार्यद्वारा लैपरोटॉमीको सफलतापूर्वक अप्रेसन गरि नया जीवन दिनु भयेको छ। पुरा आन्द्रामा प्वाल परेको भएर पनि डाक्टर अंजुमको टिम द्वारा सफलतापूर्वक सल्यक्रिया गरिएको छ ‌।

प्रादेशिक अस्पताल एक छिनको लागी खुस मई बनेको थियो बिरामीको आफन्तहरुले भने प्रादेशिक अस्पतालको डाक्टरहरु मेरोलागि भगवान छ मेरो छोरालाई कहाँ कहाँ सम्म इलाज गराए तर राम्रो भएन आज हजुरहरूले मेरो छोरालाई नयाँ जिवन दिनुभयोमा हृदय देखि धन्यवाद ब्यक्त गर्न चाहन्छु।

डा.फिरोज अंजुम, डा. उज्जवल ठाकुर , लगायत सम्पुर्ण टिम लाई प्रादेशिक अस्पताल गौरको बिकास समितिका अध्यक्ष मोहम्मद अनवर हाशमी, मेडिकल सुपरिटेन्डेन्ट डा.संजिव कुमार सिंह,लगायत सदस्यहरुले धेरै धेरै धन्यवाद दिएका छन ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*