रौतहट, भदौ २७ गते ।
रौतहटको परोहा नगरपालिका वडा नम्बर ९ रामपुर खापमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय अवधेश पटेल रहेका छन् । आफ्नो खेतमा पानी
तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।
मृतकको शवलाई पोष्टमार्टमका लागि सदरमुकाम प्रादेशिक अस्पताल गौर पठाइएको इलाका प्रहरी कार्यालय रामपुरखापका असइ नगेन्द्र पाण्डेले बताए ।
Sthaniya News
