आरएन पटेल, कार्तिक २२ गते ।
वृन्दावान मेयर कपको खेलमा वडा नं. ८ ९ विकेटले बिजयी भएको छ । मेयर कपको आज भएको २२ औं खेलमा नगरपालिकाको वडा नं. ८ ले ९ विकेट सहित सानदार जित हात परेका छन ।

रौतहटको वृन्दावान नगरपालिकाको सहयोग तथा राजदेवी युवा क्लब वृन्दावान न.पा. ६ हर्साहाको आयोजकत्वमा भइरहेको मेयर कप २०८० पाँचौ संस्करणको क्रिकेट प्रतियोगिताको आज बुधवार भएको २२ औं खेलमा वडा नं. ७ टिमलाई ९ विकेटले पराजित गर्दै वडा नं. ८ टिमले जित हात परेका छन ।

वृन्दावान नगरपालिकाको वडा नं. ६ र ७ संयुक्त खेल मैदान रूपा नेपाली पाल विद्यालयको खेल मैदानमा सुरु भएको मेयर कप २०८० क्रिकेट प्रतियोगिताको आज बुधवार भएको २२ औं खेलमा वडा नं. ८ को टिम टॉस जिती फिल्डिंग रोजेका थिए । खेलको सुरुमा ब्याटिंग गर्न उत्रेका वडा नं. ७ ले निर्धारित १६ ओभरको खेलमा सबै विकेट गुमाउदै जम्मा ६२ रन जोड़ेका थिए । जितको लागि ६३ रनको लक्ष्य पाएको जवाफी बल्लेबाजीमा आएका वडा नं. ८ ले निर्धारित १६ ओभरको खेलमा मात्र ५ ओभर ४ बॉलमा १ विकेट गुमाएर लक्ष्य पछ्याउदै ऐतिहासिक ९ विकेटले जित हाथ परेका छन ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै वडा नं. ८ का खेलाड़ी दिलीप यादवले टिमलाई बिजयी गराउन अहम भूमिका खेलको थियो । आजको मैचको मैन ऑफ द मैच पुरस्कार दिलीप यादवले पाएको आयोजक राजदेवी युवा क्लब वृन्दावान न.पा. ६ हर्साहाको अध्यक्ष आशिष राज पटेलले बताएको छ ।
Sthaniya News
